कसले किन दिए प्रचण्डलाई अमेरिकामा उजुरी ?

५ चैत्र – सत्तरुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध संयुक्त राज्य अमेरिकामा उजुरी परेको छ । पत्नी सीता दाहालको उपचारका लागि अमेरिका पुगेका दाहालविरुद्ध केन्टुकी स्टेट युनिभर्सिटीमा कार्यरत डा. तिलक श्रेष्ठले उजुरी गरेका हुन् । उनले बाल्टीमोरस्थित संघीय ब्युरोमा युद्ध अपराध र आतंकवादी कार्यमा संलग्न भएको भन्दै अध्यक्ष प्रचण्डविरुद्ध उजुरी दर्ता गरेका छन् ।

‘आतंकवादी भनेर चिनिएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालबाट आएका छन् । उनी अमेरिकाको आतकंककारी सूचीमा रहेका थिए । उनी संलग्न भएको गतिविधिका कारण १७ हजारभन्दा बढी गरिब नेपाली मारिएका थिए । पत्नी सीता दाहालको उपचारका लागि उनी अमेरिकाको जोन होप्किन्स अस्पतालमा छन्’ डा‍ श्रेष्ठले दायर गरेको उजुरीमा उल्लेख छ । पश्चिमा मुलुकहरुले युद्ध अपराध वा आत‌ंकवादी क्रियाकलापमा संलग्न भएको आरोप लागेको अवस्थामा आफ्नो देशमा प्रवेश निषेध गर्ने वा पक्राउ गर्न र त्यहाँको कानुन अनुसार कारबाही गर्न सक्छन् ।

Loading...
Related Posts
Don't miss it
Editors choice