• शनिबार २९, मङि्सर २०७५

अन्तर विद्यालय अतिरिक्त क्रियाकलाप सम्पन्न

पर्वत  । समाज कल्याण स्रोत विकास केन्द्र नेपालको आयोजनामा पर्वतको मोदी गाउँपालिका स्थित बाजुङ आधारभूत विद्यालय क्याङमा अन्तर विद्यालय स्तरिय अतिरिक्त क्रियाकलाप प्रतियोगिता तथा बाल कचहरी कार्यक्रम सम्पन्न भएको छ ।

विद्यार्थीहरुको अन्रनिहित प्रतिभाको प्रस्फूटन गराउने उद्देश्यले विभिन्न प्रतियोगिताहरु आयोजना गरिएको हो । गुड नेवर्स ईइन्टर नेशनलको सहयोगमा सोडेक नेपालले कार्यक्रम संचालन गरेका विभिन्न विद्यालयका विद्यार्थीहरुका बीच प्रतियोगिता संचालन गरिएको हो ।

अतिरिक्त कार्यक्रमहरुमा हाँजिरी जवाफ, वक्तृत्वकला, कबिता तथा निबन्ध लेखन लगायतका प्रतियोगितामा विद्यार्थीहरुले भाग लिएका थिए । प्रतियोगितामा फलेवास नगरपालिकाको भँगरा, लिमिठाना, कुश्मा नगरपालिकाको पाङ र मोदी गाउँपालिकाका क्याङका विभिन्न विद्यालयका विद्यार्थीहरुले भाग लिएका थिए ।

कार्यक्रमको जिल्ला शिक्षा समन्वय ईकाईका प्रमुख उद्धिमराज पौडेलले उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै पौडेलले बालबालिकलाको सिकाई उपलब्धी बढाउन अतिरिक्त क्रियाकलाप आवश्यक रहेको बताउनुभयो । उहाँले नेपाल सरकारले शिक्षा क्षेत्रमा गरेको लगानी अनुसारको प्रतिफल आउन नसकेको बताउँदै शिक्षा क्षेत्रका समग्र पक्षहरुले सुधारमा पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

सोही अवसरमा बाल अधिकारको संवद्र्धन र नेपालमा बाल बिवाहको अन्त्य विषयक बाल कचहरी संवाद कार्यक्रम समेत संचालन गरिएको थियो । अधिवक्त कुञ्जनी परियार प्यासीले पेश गरेको अवधारणा पत्रमाथि अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य कबिता वि.क., अधिवक्ता कुन्जनी परियार, मोदी गाउँपालिका–४ क्याङका का.वा अध्यक्ष लक्ष्मी वि.क, स्रोत व्यक्ति गोबिन्द तिमिल्सीना, कार्यक्रम संयोजक रमेश रिजाल लगायतले मन्तव्य राखेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चाम बहादुर पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत गुड नेवर्स ईटरनेशनल पर्वतका कार्यक्रम संयोजक खेम रोकायाले र संचालन प्र.अ. घनश्याम पोखरेलले गर्नुभएको थियो ।

Loading...
Related Posts
Don't miss it
Editors choice