• बिहीबार २९, कार्तिक २०७५

दशैंको मुखैमा ओलीले किन दिए पूर्वराजा ज्ञानेन्द्रलाई चेतावनी ?

काठमाडौं, ३० असोज । प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्ध खनिएका छन् । उनले ज्ञानेन्द्रलाई अशोभनीय अभिव्यक्ति नदिन पनि चेतावनी दिएका छन्।

हिजो (सोमवार) नारायणहिटी दरबारमा रहेको श्रीपेच र राजदण्ड सर्वसाधारणका लागि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले बेला बेला अशोभनीय अभिव्यक्ति आउनु वाञ्छनीय नभएको बताएका थिए ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भनेका थिए,‘राजाबाट नागरिक भइसकेका व्यक्तिबाट अशोभनीय ढंगले असामयिक बोली आउनु त्यति वाञ्छनीय होइन, ‘यो भन्दा बढी म भन्न चाहन्न्।’

फालिएको राजतन्त्रलाई आफूहरुले सम्मान दिएको र राजाबाट जनता बनेकाहरु पनि आफ्नो स्थानमा बस्नुपर्ने ओलीको भनाई थियो ।

Loading...
Related Posts
Don't miss it
Editors choice