• बिहीबार २९, कार्तिक २०७५

नेकपा पर्वतका सबै कमिटिहरु सक्रिय बन्दै, पार्टी सक्रिय गराउन बन्यो यस्तो संयन्त्र………

 पर्वत / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्वतले जिल्ला तथा मातहतका ७ स्थानीय तहका पार्टी संगठनलाई सक्रिय पार्न जिल्ला तथा स्थानीय संयन्त्र गठन गरेको छ । पार्टीको एकता प्रक्रियालार्य तल्लो तहसम्म पुराउने उद्देश्यले जिल्ला तथा स्थानीय तहका कमिटिहरु संचालनका लागि संयन्त्र गठन गरिएको हो ।

बिहिबार बसेको बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य गुप्त बहादुर हमालले पार्टीको एकता प्रक्रिया नटुंगिएको अवस्थामा कार्यकर्ता पंतिमा निराशा आउन नदिन जिल्ला तथा स्थानीय संयन्त्रको गनठ गरिएको जानकारी दिनुभयो ।

पार्टी एकतापछि गण्डकी प्रदेशमा बनेको पार्टीको प्रदेश स्तरीय संयन्त्रले जिल्ला संयन्त्रहरु बनाउन शुरु गरेसँगै पर्वतमा भएको बैठकमा गण्डकी प्रदेशका सह इञ्चार्ज खगराज अधिकारी, अध्यक्ष हितराज पाण्डे र सचिव गोबिन्द नेपालीको उपस्थिति रहेको थियो । बैठकले जिल्ला संयन्त्रमा गुप्त बहादुर ठकुरी, गोबिन्द बहादुर नेपाली, पदम गिरी, भक्त कुँवर, पदमपाणी शर्मा, गोबिन्द पहाडी, गगन बहादुर थापा, केशबराज कुँवर, सुदिप कुवँर र सन्त बहादुर गुरुङ रहेको जिल्ला संयन्त्र गठन गरिएको छ ।

त्यस्तै  बैठकले कुस्मा नगरपालिकामा नेकपाले गठन गरेको संयन्त्रमा साविक एमालेबाट याम गुरुङ्ग, बिष्णु नेवार, शान्त पौडेल र मिनप्रसाद श्रेष्ठ रहेका छन भने साविक माओबादी केन्द्रबाट शंकर गिरी, मिनराज केसी, राम अधिकारी र सिता परियार रहेका छन । फलेबास नगरपालिकाको संयन्त्रमा साविक एमालेबाट मञ्जु अधिकारी, पिताम्बर घिमिरे, बैकुण्ठ भुसाल र टिकाराम गौडेल रहेका छन भने साविक माओबादी केन्द्रबाट प्रेमबहादुर राना, शोभा क्षेत्री, कमल भुसाल र मेघलाल बिक रहेका छन ।

जलजला गाउँपालिकामा साविक एमालेबाट लालबहादुर अधिकारी, तुंगनाथ शर्मा, लोकनाथ रेग्मी संयन्त्र सदस्य रहेका छन भने साविक माओबादी केन्द्रबाट संयन्त्र सदस्यमा बाबुराम कार्की, दिपक आचार्य र दुर्गाबहादुर दर्जी रहेका छन । मोदी गाउँपालिकामा साविक एमालेबाट दाताराम चापागाई, सेती महत, दलबहादुर मल्ल तथा साविक माओबादी केन्द्रबाट मनबहादुर पौडेल, कृष्णबहादुर सुबेदी र गंगा तिमिल्सीना सदस्य रहेका छन ।

महासिला गाउँपालिकामा साविक एमालेबाट बिष्णुराम बिक, जीवन उचै ठकुरी र भक्तराज सुबेदी सदस्य छन भने साविक माओबादी केन्द्रबाट दुर्गाबहादुर तमु, पदमबहादुर क्षेत्री र क्षेत्रबहादुर क्षेत्री संयन्त्रमा सदस्य रहेका छन । पैंयु गाउँपालिका संयन्त्रमा साविक एमालेबाट उमाकान्त सुबेदी, रेशमलाल न्यौपाने र चोकलाल न्यौपाने सदस्य छन भने साविक माओबादी केन्द्रबाट जयनारायण तिवारी, पुण्यप्रसाद आचार्य र रेशमलाल सापकोटा सदस्य छन । बिहादी गाउँपालिाकामा गठित संयन्त्रमा साविक एमालेबाट लालबहादुर गुरुङ्ग, कमल भुसाल र शेरबहादुर थापा सदस्य छन भने साविक माओबादी केन्द्रबाट हरिप्रसाद पौडेल, ऋषिराम भुसाल, टेकबहादुर बस्याल र श सदस्य छन । अर्को ब्यबस्था नभए सम्म संयन्त्रका सदस्यले एकिकृत पार्टीको गतिबिधी सञ्चालन गर्ने भएका छन ।

जिल्लाका ७ वटै स्थानीयतहमा रहेका दुबै पार्टीका पुराना कमिटिका शिर्ष नेतृत्वहरुको संयोजनमा सयन्त्र निर्माण गरिएको केन्द्रीय सदस्य ठकुरीले जानकारी दिनुभयो । साथै बैठकले पार्टीका वडाहरुलाई व्यवस्थित गराउनका लागि वडा ईन्चार्ज सहित वडा अध्यक्ष, उपाध्यक्ष, सचिब र उपसचिब मध्ये २, २ जना रहने गरि ४ सदस्यीय संयन्त्र समेत निर्माण गर्ने भएको हो ।
यस्तै गरि जिल्लाका सबै नगरपालिका र गाउँपालिकाका संयन्त्रहरुको बैठक संचालन गर्ने, दशै तिहारको अवसरमा विभिन्न प्रशिक्षण मूलक कार्यक्रम संचालन गर्ने समेत बताईएको छ ।

बैठकका निर्णयहरु यस्ता रहेका छन् ।

Loading...
Related Posts
Don't miss it
Editors choice