• शनिबार २९, मङि्सर २०७५

सांसद पदम गिरी भन्छन् – ‘गुणस्तरिय शिक्षा विना समृद्ध नेपाल बनाउन सकिँदैन’

पर्वतबाट प्रतिनिधी सभा सदस्य पदम गिरीले शिक्षा क्षेत्रलाई राज्यले पहिलो प्राथमिकतामा राखेर अगाडी बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

कुस्मा नगरपालिका १२ ठूलीपोखरीमा रहेको त्रिभूवन आधारभूत विद्यालयको ५३ औं वार्षिकोत्सव तथा भवन उद्घाटन कार्यक्रममा बोल्दै गिरीले आम नागरिकलाई सचेत बनाउने शिक्षा क्षेत्रलाई राज्यले उपेक्षा गर्दा शिक्षामा व्यापारिकण मौलाएको बताउँदै सर्वसुलभ र गुणस्तरिय शिक्षामा राज्यको लगानी हुनुपर्ने बताउनुभयो ।

उहाँले पर्वत जिल्लाले शिक्षा क्षेत्रमा राम्रो फड्को मारेको भएपनि सोचे अनुरुपको उपलब्धी हाँसिल गर्न र सबै समस्याको समाधान गर्न अझै चुनौती रहेको बताउनुभयो । गुणस्तरिय, प्रतिस्पर्धी र प्रबिधी मैत्री शिक्षाका लागि राज्यले अझै लगानी गर्न आवश्यक रहेकाले त्यसतर्फ नीति बनाउन लाग्नुपर्ने बताउनुभयो ।

गिरीले पर्वत जिल्लालाई आगामी ५ वर्षमा विकासको नमूना जिल्ला बनाउने गरि काम थालनि भईरहेको बताउँदै त्यसमा सबै क्षेत्रको उत्तिकै योगदान आवश्यक रहेके बताउनुभयो ।
गिरीले आफु पर्वतको विकास र समृद्धिका लागि नै सांसद बनेको बताउँदै संसद बैठकदेखि अन्य निकायहरुसम्ममा पर्वतका समस्याको बारेमा चिन्तित रहेको बताउनुभयो ।

कार्यक्रममा नेकपाका नेता गोविन्द पहाडि, ढाकाराम गौतम, नेपाली काँग्रेसका जिल्ला सदस्य हेमराज सापकोटा, कुश्मा नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष राजेन्द्र पौडेल, वडा नं. ११ का अध्यक्ष शिवप्रसाद पौडेल, वडा नं. ७ का अध्यक्ष सुवासचन्द्र पौडेल, नगर शिक्षा अधिकृत राजेन्द्र क्षेत्री, श्रोत व्यक्ति रामप्रसाद लामिछाने, विद्यालय व्यवस्थापन समितिका सदस्य सिताकुमारी शर्मा, शिक्षक अभिभावक संघका अध्यक्ष हेमशर्मा आचार्य लगायतले बोल्नुभएको थियो ।

सो अवसरमा विद्यालयका प्रअ बिनोद सुवेदीले विद्यालयको आर्थिक, शैैक्षिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देविकुमारी सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत शिक्षक कृष्णप्रसाद आचार्य र संचालन अशोक केसी तथा दामोदर पौडेलले गर्नुभएको थियो ।

कार्यक्रममा शैक्षिक सत्र ०७५ मा विद्यालयको बार्षिक परिक्षा तथा अन्य अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो भने विद्यालयलाई सहयोग गर्ने सहयोगदाता र अभिभावकहरुलाई समेत सम्मान गरिएको थियो । बार्षिकोत्सवकै अवसर पारेर विद्यालयमा नवनिर्मित विद्यालयको उद्घाटन गरिएको छ । जिल्ला शिक्षा विकास समन्वय ईकाईको विद्यालयको भौतिक पूर्वाधार सुधार परियोजना अन्तर्गत प्राप्त भएको रु सोह्र लाखको लागतमा निर्माण भएको दुई कोठे भवनको उद्घाटन गरिएको हो । सांसद गिरीले भवनको उद्घाटन गर्दै विद्यालयमा अपुग र जीर्ण रहेका अन्य भवनहरु पनि केहि महिनामै निर्माण शुरु गर्नका लागि आफुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कक्षा ८ सम्म संचालित उक्त विद्यालय गुणस्तरको हिसावले नगरपालिकामै नमुना रहेको छ । तर विद्यालयको निमावि तहमा शिक्षकहरुको दरबन्दी अभाव हुँदा समस्या सिर्जना भएको प्रअ बिनो सुवेदीले गुनासो गर्नुभयो । उहाँले तत्काल दुई जना शिक्षको दरबन्दी मिलाईदिएमा विद्यालय आर्थिक समस्यामा पनि नपर्ने र शैक्षिक हिसावले पनि अझै अब्बल बन्ने भन्दै त्यसको व्यवस्था गरिदिन सांसद गिरीलाई माग गरेका थिए ।

कार्यक्रममा विद्यालयको समस्या र विभिन्न मागहरु समेटिएको ज्ञापन पत्र समेत प्रअ सुवेदीले सांसद गिरीलाई हस्तान्तरण गरेका थिए । विद्यालयमा एक सय बीस भन्दा बढि विद्यार्थीहरुले अध्ययन गर्दै आएका छन् ।

Loading...
Related Posts
Don't miss it
Editors choice