• बुधबार ०४, पुष २०७५

भिडियाे हेर्नुहाेस्….. कुस्मा नगरपालिकाका नगर प्रमुख जाेशीले भने-‘४ वर्ष पछि फेरी चुनाव लड्छु, जनताकाे माझ जान्छु’

कुस्मा नगरपालिकाका नगर प्रमुख जाेशी ठूलीपाेखरी स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे सेवाकाे उद्घाटन गर्न अार्इतबार ठूलीपाेखरी गए । प्राय कम भाषण गर्ने जाेशीले ठूलीपाेखरीमा पुगेपछि एकाएक नगरपालिकामा अाँफूले भाेग्नु परेका समस्याहरू राख्दै अाक्राेशपूर्ण भाषण गरे । उनले कुस्मा नगरपालिकामा अाँफू मेयर बनेर जनतासँग गरेकाे प्रतिवद्दता पुरा गराउन नसकेकाे र त्यसमा अाँफूलाइ असहयाेग भएकाे बताए ।

कार्यक्रममा बोल्दै मेयर जोशीले कुस्मा नगरपालिकाको एकिकृत बिकास गर्ने काममा अबरोध भएको दाबी गरे । उनले कार्यपालिकाबाट सहयोग पाएपनि उनीहरुका नेताले अबरोध गरेको आरोप लगाउँदै अर्को स्थानिय चुनाबमा यसलाई नै एजेण्डा बनाउने संकेत गरे । उनले भने मलाइ असहयाेग गर्नेकाे नामावली लिएर ४ वर्षपछि जनताकाे माझ जान्छु ।

जाेशीले अाँफ्नाे साेच अनुसार काम गर्ने माैका नपाएकाे बताए । ‘मैले सोचे अनुसार कामै गर्न पाएको छैन, बिकासको काममा अबरोध मात्रै भयो’ उनले भने ‘कार्यपालिकाबाट भन्दा पनि माथिल्ला नेताहरुले कुस्माको बिकासलाई अबरुद्ध गर्ने काम गरे, यसको भण्डाफोर गर्छु’

नगर प्रमुख जाेशीले अाफ्नाे पहिलाे अर्जुनदृष्टि भनेकाे विकास निर्माण भएकाे बताउँदै अाफ्नाे लक्ष्यमा अवराेध अाएकाे बताए । मेराे  अर्जुनदृष्टि भनेकाे विकास निर्माण हाे उनले भने म कमाउन नेता बनेकाे हाेइन विकास गर्ने हाे ।

हेर्नुहाेस् उनकाे भाषण

Loading...
Related Posts
Don't miss it
Editors choice