• बुधबार ३१, असोज २०७५

घेराबन्दीमा ओली, प्रचण्ड र माधव नेपाल एक ठाउँमा

काठमाण्डौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीमा आन्तरिक विवाद बढिरहेको छ । सरकारको नेतृत्व गरिरहेका एक अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच नै भित्रभित्रै द्धन्द्ध बढेको नेकपाका नेताहरुले बताउने गरेका छन् ।

ओली प्रधानमन्त्री बनेपछि दम्भ बढ्दै गएको, यता दाहाल भने आफ्नो भूमिका प्रभावकारी बनाउन पार्टीभित्र बलियो गुट निर्माणमा सक्रिय रहेको बताइन्छ । सरकारले गरेका काम जनस्तरदेखि सत्तारुढ दलभित्रैसम्म आलोचित भइरहँदा ओली कमजोर बन्दै गएको अवस्थामा दाहालले गुट निमार्णलाई प्राथमिकता दिएका हुन् ।

पूर्व माओवादीका लगभग सबै नेता र पूर्व एमालेका पनि धेरै नेताहरु प्रचण्डको पक्षमा लाग्न थालिसकेका छन् । वरिष्ठ नेता माधवकुमार नेपालदेखि बामदेव गौतमसम्मका नेताहरु प्रचण्डको पक्षमा रहेको नेताहरुको दाबी छ ।

Loading...
Related Posts
Don't miss it
Editors choice