• बुधबार ३१, असोज २०७५

कञ्चनपुर हत्या प्रकरण : जमानीमा विष्ट र बम दिदी-बहिनी रिहा भए लगत्तै प्रम अाेलीकाे यस्ताे अभिव्यक्ति, गृहमन्त्री र अार्इजीपी……..

काठमाडौं । कञ्चनपुरको पुरै सुरक्षा युनिट फेरिएर नयाँ प्रहरी प्रमुख एसपी कुबेर कडाँयतले हत्या प्रकरणको अनुसन्धान नयाँ शिराबाट गर्ने क्रममा गत ७ गते पक्राउ परेका बम दिदी–बहिनी रोशनी र बबिता र घटनाको मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरिएका भीमदत्त नगरपालिका–१९ बाग्फाँटाका दीलिप विष्ट जमानीमा रिहा भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुर घटनाका दोषी ढिलो चाँडो कानूनी दायरामा आउने बताएका छन्।

उनले भने ‘ निश्पक्ष छानविनका लागिनै दुर्इ वटा उच्चस्तरीय अनुसनधान समिति गठन भएकाे हाे।’  कञ्चनपुर घटनाको छानबिन गरिरहेको टोलीका सदस्यले नै राजिनामा दिनले गम्भिर षडयन्त्र भएको हुनसक्ने भन्दै प्रधानमन्त्री ओलीले त्यसको पनि छानबिन भइरहेकाे बताए।

उनले प्रहरी अब निश्पक्ष भएर काम गरेका छन् की छैनन् त्यसकाे निगरानीका लागि मार्सल टाेली गठन भएकाे बताए। उनले भने,’मार्सल टाेलीकाे काम प्रहरीकाे काम प्रति निगरानी राख्ने हाे, त्यसैले कञ्चनपुर घटनाका दोषी ढिलो चाँडो कानूनी दायरामा आउने निश्चित छ।’वालुवाटारमा आयोजित तीज कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले महिला हिंसाका घटनामा अपराधी नउम्किउन भनेर सरकार सजग रहेको बताए।

त्यस्तै प्रधानमन्त्री ओलीले गृहमन्त्री राम बहादुर थापाकाे काम गर्ने शैली प्रति अप्रत्यक्ष रुपमा प्रश्न समेत गरे।सरकारी सरकारी वकिलको राय अनुसार विष्टलाई उनका दाइ खडकको जिम्मा लगाइएको हो भने बम दिदी–बहिनीलाई बुवा नरेन्द्रको जिम्मा लगाएर छाडिएको हो।

विष्टलाई उनका दाइ खडकको जिम्मा लगाइएको हो भने बम दिदी–बहिनीलाई बुवा नरेन्द्रको जिम्मा लगाएर छाडिएको हो। भीमदत्त नगरपालिका–२ उल्टाखामकि १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानका क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरी अदालतबाट म्याद थप समेत गरेको थियो।

‘उनीहरुलाई मुद्दा चलाउने यथेश्ठ प्रमाण नभेटिएपछि छाडिएको हो,’ एसपी कडायतले भने, ‘तर उनीहरु हाम्रो निगरानीमा भने हुन्छन्, प्रमाण भेटिए फेरी मुद्दा चलाउन सकिनेछ।’ उनले आवश्यकता परे उपस्थित हुने सर्तमा छाडिएको बताए।नेपालपानाबाट साभार

Loading...
Related Posts
Don't miss it
Editors choice