• बिहीबार २९, कार्तिक २०७५

पूर्व राजदूत झाको छुरा प्रहारबाट हत्या

फ्रान्सका लागि नेपालका पूर्व राजदूत ८० वर्षीय केशवराज झाको काठमाडौंको थापाथलीस्थित घरभित्रै छुरी प्रहार गरी हत्या भएको छ ।  

झालाई आज, ४ भदौ बिहान घर भित्र मृत अवस्थामा फेला पारिएको महानगरीय प्रहरी परिसर काठमाडौंका  प्रहरी नायब उपरीक्षाक मोहन थापाले जानकारी दिएका छन् ।

नायब उपरीक्षक थापाका अनुसार उनको टाउकोमा छुरी प्रहार भएको देखिएको छ ।

परिवारका सदस्यले घटनाबारे बिहान करिब ६ बजे थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । उक्त घरमा झासँगै उनकी श्रीमती र सहयोगी बस्ने गरेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...
Related Posts
Don't miss it
Editors choice