• शनिबार ०२, भदौ २०७५

पर्वतका सांसद पदम गिरी सँसद छाडेर पहिरो पिडीतहरुको बस्तीमा ! आफ्नै खर्चमा पीडितलाई राहत !

पर्वत/ पर्वतको जलजला गाउँपालिकामा गएको बाढी र पहिरो पिडीतलाई प्रतिनिधीसभाका सदस्य पदम गिरीले घरमै पुगेर राहत बितरण गरेका छन भने जलजला गाउँपालिकाले पिडीतका लागि राहत दिने निर्णय गरेको छ ।

बाढी र पहिरोका कारण बिस्थापितहरुको अवस्था बुझ्न स्थलगत रुपमा पुगेका साँसद गिरीले पहिरोमा परि ज्यान गुमाएका र घाइते भएकाहरुको परिवारका सदस्यलाई राहत दिएका हुन ।

साँसद गिरीले पहिरोमा परि ज्यान गुमाएका बिकास परियारका बाबु बमबहादुर परियारलाई नगद २० हजार रुपैया दिए । उनले आफ्नो ब्यक्तिगत तर्फबाट उक्त राहत दिएको र सबै पिडीतहरुलाई पुर्नस्थापना र राहतका लागि सरोकारवाला र सरकारबाट थप पहल गर्ने आश्वासन दिए ।

बाढी र पहिरोको घटना पछि आफुँ सँसद छाडेर पिडीतहरुको पिडामा मल्हम लगाउने प्रयासमा जुटेको बताउँदै लस्तीखोला नियन्त्रण र बेरनेटाको बस्तीबाट बिस्थापितहरुको पुर्नस्थापनाका लागि कुनै कसर बाँकी नराख्ने आश्वासन पनि दिए । ‘बस्ती जोगाउन र पिडीतहरुको पर्नुस्थापनाका लागि स्थानियस्तरमा र राष्ट्रियस्तरमा सबै पहल गरिनेछ’ उनले भने ‘सबै पक्षको सहयोग र समन्वयका आधारमा तत्काल काम अघि बढाउन आवश्यक छ’ गिरीले जलजला – ७ मा पहिरोले पु¥याएको क्षतिको अवलोकन गरे र पिडीत स्थानिय पिडीतहरुलाई पनि राहत बितरण गरेका छन ।

यसैबिच जलजला गाउँपालिकाले पहिरोमा परि ज्यान गुमाएका तथा घरबार बिहीन भएका परिवारलाई राहत दिने निर्णय गरेको छ । गाउँपालिकाले मृतकको परिवारलाई ५० हजार राहत दिने निर्णय गरेको छ भने घाइते र घर बगाएर पविारलाई २५÷२५ हजारका दरमा राहत दिने निर्णय गरेको छ ।

पहिरोका कारण उच्च जोखिममा परेका घरलाई १० हजार नगद र १० थान जाली तथा पहिरोको जोखिममा परेका परिवारलाई ५ हजार नगद र ५ थान जाली बितरण गर्ने निर्णय गरेको वडा नं ८ का वडा अध्यक्ष हरिबिकास जिसीले बताए । उनले पिडीतहरुलाई सुरक्षित स्थान खोजेर आवास बनाउन आवश्यक भएको बताउँदै गाउँपालिकाले ठाउँ खोज्ने र केन्द्रले त्यसका लागि बजेटको ब्यबस्थापन गर्न पहल गरिदिन साँसद पदम गिरी संग आग्रह गरे ।

पहिरोबाट जलजला ८ का मात्रै २२ घर बिस्थापित भएका छन । पहिरोमा परेर स्थानिय सुकुम्बासी बस्तीका ९ घर पुर्ण क्षति भएका छन भने १४ घर आँशिक क्षति भएकाले जोखिममा छन ।

Loading...
Related Posts
Don't miss it
Editors choice