• शनिबार ०२, भदौ २०७५

पर्वतमा पहिरोका कारण भएको जन धनको क्षती प्रति जनप्रतिनिधीहरुको चासो, तत्काल राहतका लागि आग्रह

पर्वत । अबिरल वर्षासँगै आएको पहिरोका कारण जिल्लाको जलजला गाउँपालिका–७ र ८ मा गएको पहिरोबाट १ जनाको मृत्यु भएको छ । मृत्यूहुनेमा जलजला गाउँपालिका ८ बस्ने १६ वर्षिय परियार रहेका छन् । सोही ठाउँमा गएको पहिरो र बाढिका कारण ३ जना घाईते बनेका छन् ।

गएराती १ बजे गएको पहिरोमा परि घाईते हुने र पहिरोका कारण धन जनको क्षती प्रति जिल्लाका प्रतिनिधीहरुले समेत दुख व्यक्त गरेका छन् । जिल्लाबाट राष्ट्रिय सभामा प्रतिनिधीत्व गर्ने राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सीनाले पहिरोमा परि मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै पिडितलाई उद्धार र तत्काल राहत वितरण गर्न अपिल गर्नुभएको छ । तिमिल्सीनाले पहिरोमा परि भएको धनजनको क्षती प्रति दुख व्यक्त गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना समेत गर्नुभएको छ । तिमिल्सीनाले बाढि तथा पहिरोका कारण घरवार बिहिन बनेकाहरुलाई उचित व्यवस्थापनका लागि पहल गर्न समेत आग्रह गर्नुभएको छ ।

त्यस्तै प्रतिनिधी सभाका सांसद पदम गिरीले पहिरोमा परि मृत्यू हुनेप्रति गहिरो दुख व्यक्त गर्नुभएको छ भने पहिरोमा परि घाईते बनेकाहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै घरवार बिहीन भएका परिवारको पुनस्थापनका लागि सम्बन्धीत निकायले तत्काल सम्बोधन गर्न आग्रह गर्नुभएको छ ।

यस्तै गण्डकी प्रदेश प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारी र प्रदेश सरकारका मन्त्री विकास लम्सालले पनि बाढि पहिरोमा परि मृत्यू हुने प्रति दुख व्यक्त गर्दै घाईतेको तत्काल उपचारका साथै पहिरो पिडितको व्यवस्थापनका लागि आग्रह गर्नुभएको छ ।

Loading...
Related Posts
Don't miss it
Editors choice