• शनिबार ०२, भदौ २०७५

कोही–कोही जुम्ला जाँदा उधुम मच्चिन्छ : प्रधानमन्त्री अाेली

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रा. डा. गोविन्द केसीको अनशनबारे घुमाउरो भाषामा कटाक्ष गरेका छन् । ‘कोही कोही भाग्यमानी जुम्ला जाँदा उधुम मच्चिन्छ, कोही जाँदा थाहा नै हुँदैन’, सोमबार अपरान्ह राष्ट्रिय सभामा सरकारको तर्फबाट जबाफ दिँदै प्रधानमन्त्रीले भने, ‘म तपाईँहरुलाई आश्वस्त दिलाउन चाहन्छु, हाम्रो अवस्था र स्थिति बुझेका साथीहरु छन्, हामी सबै कुरालाई सम्बोधन गर्छौँ ।’

ओलीले देशको अवस्था र आवश्यकता अनुसार अघि बढ्ने पनि दोहो नेपालको अर्थतन्त्र, भूगोल जनजीवन र हाम्रो स्थिति बुझेका साथ उनले देश नयाँ संविधान अनुसार अघि बढिसकेकाले आवश्यकता अनुसार सबै कुरा पुरा गरिँदै जाने बताए । प्रम ओलीले बिचौलियका कारण उपभोक्ता मारमा परेको बताए । ‘बिचौलियाले उत्पादक र उपभोक्ताबीचमा बसेर लाभ लिइरहेका छन्’, उनले भने, ‘बिचौलियालाई अनुचित लाभ लिन नदिन हामी सक्रिय छौँ, सबैले बिचौलियासँग होसियार हुनुपर्ने अवस्था छ ।’

Loading...
Related Posts
Don't miss it
Editors choice