• बिहीबार २९, कार्तिक २०७५

स्थानीय पत्रिकाको कार्यालयमा गोली चल्यो, ५ जनाको मृत्यु……

स्थानीय पत्रिका क्यापिटल ग्याजेटको कार्यालयमा गोली चल्यो, ५ जनाको मृत्यु ,

वासिंटन । 

अमेरिकाको मेरिल्याण्डमा गोली हानी पाँच जनाको हत्या गरिएको छ । स्थानीय पत्रिका क्यापिटल गजेटको कार्यालयमा गरिएको गोली प्रहारमा अरु केही ब्यक्ति घाइते पनि भएका छन् ।

गोली प्रहार गरेको आशंकामा एक जनालाई हिरासतमा लिइएको प्रहरीले जनाएको छ । करिब ५० वर्षीय स्थानीयलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको हो ।

आक्रमणका समयमा थुप्रै मानिस कार्यालयमै रहेको जनाइएको छ । मेरिल्याण्डको अन्नापोलिसमा रहेको क्यापिटल गजेट बाल्टीमोर सन मीडिया समूहसँग सम्बन्धित रहेको बताइएको छ । (एजेन्सी)

Loading...
Related Posts
Don't miss it
Editors choice