• आइतबार ०१, पुष २०७५

केपी ओलीको नाम लिँदै सुन तस्करीका नाइके एसएसपी श्याम खत्रीको यस्तो बयान …

३८ सय किलो सुन तस्करीका नाइके एसएसपी श्याम खत्रीले आफूलाई अहिलेको प्रधानमन्त्रीसमेतले दोसल्ला ओढाई सम्मान गरेको बयान दिएका छन्। सुनकान्ड र सनम शाक्य हत्या प्रकरणमा मोरङ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका खत्रीले आँफू प्रधानमन्त्रीबाट सम्मानित व्यक्ति भएकाले यस्तो काम गर्न नसक्ने बताउँदै आफ्नो बचाउ गरेका छन् ।

तपाईँ आफ्नो जागिरको सिलसिलामा कहाँकहाँ बस्नुभयो भनी अदालतमा सोधिएको प्रश्नको जवाफ दिने क्रममा उनले आफू सेवामा रहँदा धेरै पुरस्कार पाएको उल्लेख गरेका हुन्। “म सेवामा रहँदा धेरै पुरस्कार पनि पाएँ। राष्ट्रपतिबाट पाउने प्रवल श्री चौथो पुरस्कार पनि पाएको छु”, उनले बयानमा भनेका छन्, “रेकर्डमा जनिने गरी दश चोटी पुरस्कार पनि पाएको छु। अहिलेका प्रधानमन्त्री समेतले मलाई दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो।“

बयानको अ‌ंश

उनले आफ्नो बयानमा भित्रैबाट आफूलाई फसाउँन लागिपरेको आरोप लगाएका छन्। “म अलिक छुच्चो मानिस भएको हुँदा हाल आएर यस्तो मुद्दा समेत खेप्नु पर्योा। मलाई अहिले पनि भित्रबाटै फसाउन लागिपरेका छन्”, उनले भनेका छन्। एसएसपी खत्री मुद्दा दर्ता भएपछि फरार भएका थिए। उनीविरुद्ध मंगलबार प्रहरी प्रधान कार्यालयले डिफ्युजन नोटिस जारी गरेपछि उनी आफैले अदालतमा सरेन्डर गरेका हुन्।

मुद्दामा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेति ‘गोरे’ले एसएसपी खत्रीकै लाइनबाट विमानस्थलबाट सुन बाहिरिने गरेको बयान दिएका थिए। खत्रीले एक किलो सुनको ५० हजार रुपैयाँ कमिसन लिने गरेको र ५ सय किलोसम्म सुन तस्करी भएको बताएका थिए। news socurce : Hamroeconomy

Loading...
Related Posts
Don't miss it
Editors choice