• बिहीबार २९, कार्तिक २०७५

कालीगण्डकी नदीमा १ हजार मेघावाट क्षमताको बहुद्देश्यीय परियोजना संचालनमा ल्याउन स्थानीय पालिकाहरुको माग

कालीगण्डकी नदीमा १ हजार मेघावाट क्षमताको जलाशाय युक्त परियोजना संचालन गराउनका लागि कालीगण्डकी आसपास क्षेत्रका स्थानीय तहहरुले संयुक्त आयोजनाको माग गरेका छन् । प्रदेश नं. ४ अन्तर्गत पर्वत र बाग्लुङका साथै प्रदेश नं. ५ गुल्मीका स्थानीय तहहरुले संयुक्त रुपमा यस्तो आयोजना अगाडी बढाउन सहमती जनाएका छन् । कालीगण्डकी नदीमा बहुद्देश्यीय परियोजना संचालन गराई यस क्षेत्रको विकास र रोजगारी बढाउन यस्तो आयोजना फलदायी हुने भन्दै पर्वतको फलेवास, कुस्मा नगरपालिका, बिहादी गाउँपालिका साथै बाग्लुङको जैमीनि नगरपालिकाका साथै गुल्मीको कालीगण्डकी गाउँपालिकाले संयुक्त रुपमा आयोजना अगाडी बढाउन केन्द्र सरकारसँग माग गर्ने निर्णय गरेका छन् ।

फलेवास नगरपालिकाको आयोजनामा सम्पन्न भएको अन्तरपालिका स्तरीय बैठकले पर्वत, बाग्लुङ तथा गुल्मीको बीचबाट बग्ने कालीगण्डकीलाई उपयोग गरि साझा र बृहत आयोजनाको रुपमा कालीगण्डकी बहुउद्देश्यीय परियोजनाको निमार्ण र संचालनको लागि बृहत सम्भाभ्यता अध्यन गर्न सरोकारवालको खोजि गर्ने निर्णय गरिएको छ ।

सबै पालिकाहरुको साझा योजनाको रुपमा कालीगण्डकी नदीमा जलाशाययुक्त बृहत परियोजना संचालन गर्नका लागि दाताहरुको खोजी गर्ने तथा लगानीकर्ताहरुको खोजी गरि सरकारलाई समेत राष्टिय आयोजनाको रुपमा अगाडी बढाउन आग्रह गर्ने निर्णय भएको छ । यो आयोजना संचालन भएमा करिब १० हजार मेघावाट विद्युत उत्पादन गर्न सकिने र यसबाट हजारौं मानिसहरुको रोजगारी तथा आयआर्जन गराउन सहयोग पुग्ने बैठकले ठहर गर्दै सरकारसँग माग गर्ने निर्णय गरेको छ ।

एकै ठाउँबाट यतिठूलो परिमाणमा बिजुली उत्पादन गर्न सकेमा देशको अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुग्ने भन्दै आयोजना संचालनका लागि सबै पालिकाहरु समन्वयात्मक ढंगले अगाडी बढाउने बैठकले निर्णय गरेको छ । साथै बैठकले कालीगण्डकी आसपास क्षेत्रका जनताहरुको अयआर्जन बृद्धि गर्न नदिको उपयोग गरि यसै क्षेत्रका नगरिकहरुको लगानीलार्य सदुपयोग गर्दै सवै पालिकाहरुलाई सम्बृद्धिको पथमा अघि बढाउन सहयोग पुग्ने जनाइएको छ ।

बैठकमा फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले यस्ता आयोजना संचालन गर्दा ४ नम्बर प्रदेशको नै संमृद्धीमा सहयोग पुग्ने भएकाले यसमा प्रदेश र संघीय सरकारको बिशेष ध्यान पुग्ने अपेक्षा गर्नुभयो । त्यस्तै जैमिनी नरपालिकाका प्रमुख ईन्द्रराज पौडेलले सरकारको मुख्य प्राथमिकतामा राखेर यस्ता आयोजना अगाडी बढाउनसक्नुपर्नेमा जोड दिनुभयो ।  बैठकमा बिहादी गाउँपालिकाका प्रमुख कमल भुसाल, कुस्मा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत सुवास लामिछाने, कालीगण्डकी गाउँ कार्यपालिकाका सदस्य थमनसिंह आले लगायतको उपस्थिति रहेको थियो ।

Loading...
Related Posts
Don't miss it
Editors choice