• शनिबार ०२, भदौ २०७५

देशभरका पत्रकारलाई चुनावी रौनक, हेर्नुहोस् कुन प्रदेशमा को को बने उम्मेदवार ? (सूचीसहित)

काठमाडौं ।

मुलुक संघीय संरचनामा गएपछि पहिलो पटक नेपाल पत्रकार महासंघको निर्वाचन सुरु भएको छ । महासंघको ८ भौगलिक र २ गैरभौगोलिकसहित १० ओटा प्रदेशमा निर्वाचन हुन लागेको हो ।

निर्वाचन कार्यतालिकाअनुसार शुक्रबार ८ ओटा प्रदेशमा उम्मेद्वारी दर्ता भएको छ । प्रदेश नम्बर ७ मा आईतबार मात्र उम्मेद्वारी मनोनयन हुने भएको छ भने प्रदेश २ मा उम्मेद्वारी मनोनयन भइसकेपछि देखिएको विवाद सुल्झिएको छैन ।

तीन ठूला संगठन प्रेस चौतारी नेपाल, प्रेस युनियन र प्रेस सेन्टर नेपालले संयुक्त उम्मेद्वारी दर्ता गराएकाले अधिकांश उम्मेद्वार सर्बसम्मत निर्वाचित हुने सम्भावना छ । सर्बसम्मत नभएका पदमा सबै प्रदेशहरुमा आगामी २२ वैशाखमा निर्वाचन हुने केन्द्रीय निर्वाचन समितिका सदस्य बालकृष्ण बस्नेतले बताए ।

यी हुन् प्रदेश पत्रकार महासंघका उम्मेद्वार 
प्रदेश नम्बर–१ 
अध्यक्ष– विक्रम लुईंटेल, कोमल देवान
उपाध्यक्ष– विजय खतिवडा, सोमनाथ सुशेली, मिलनकुमार राउत
उपाध्यक्ष महिला– मनिता चाम्लिङ, स्मीता निरौला
महासचिव– कमन देवान, विवेक गौतम, रोहितचन्द्र भट्टराई
सचिव खुल्ला– हरिकुमार राई, मोहन भट्टराई
सचिव समावेशी– बुद्धवीर राई, शन्तवीर लामा
कोषाध्यक्ष– अम्बिका भण्डारी

प्रदेश नम्बर–३
अध्यक्ष– प्रताप विष्ट, गिरिजाप्रसाद अधिकारी
उपाध्यक्ष– यदुनाथ गौतम
उपाध्यक्ष महिला– नानीमैया कार्की
महासचिव– कृष्ण सारु मगर
सचिव खुल्ला–सुरेशप्रसाद हुमागाईं
सचिव समावेशी–नविन श्रेष्ठ
कोषाध्यक्ष– सिताराम अधिकारी

प्रदेश नम्बर–४
अध्यक्ष– त्रिभुवन पौडेल
उपाध्यक्ष–नारायणप्रसाद शर्मा
उपाध्यक्ष महिला–शान्ती गुरुङ
महासचिव–गणेश पौडेल
सचिव खुल्ला–इन्द्र पौडेल
सचिव समावेशी–रुद्रश्रीष मगर
कोषाध्यक्ष–दिपक भट्टराई

प्रदेश नम्बर–५
अध्यक्ष–मौसम रोका
उपाध्यक्ष–भरत केसी
उपाध्यक्ष महिला– दिपा घर्तीमगर
महासचिवः भेषराज बस्नेत
सचिव खुल्लाः शुक्रऋषी चौंलागाईं
सचिव समावेशीः सन्तोष दहित
कोषाध्यक्षः गणेश ओली

प्रदेश ६(कर्णाली) 
अध्यक्षः दुर्गाबहादुर थापा
उपाध्यक्षः गोबिन्द केसी, कमल पन्त
उपाध्यक्ष महिलाः डम्बर आचार्य
महासचिवः दिपेन्द्र शर्मा
सचिव खुल्लाः यज्ञराज थापा
सचिव समावेशीः गणेश श्रीपाली
कोषाध्यक्षः सुरेन्द्र खत्री

उपत्यका(गैरभौगलिक प्रदेश)
अध्यक्ष–एनके दाहाल
उपाध्यक्ष–माधव पौडेल
उपाध्यक्ष महिला–प्रमिला बानियाँ
महासचिव–प्रकाशचन्द्र दाहाल, श्रीजन झा
सचिव खुल्ला–विष्णु आचार्य
सचिव समावेशी–
कोषाध्यक्ष–टेनिस रोका

प्रतिष्ठान(गैरभौगलिक प्रदेश) 
अध्यक्ष–शेखर अधिकारी
उपाध्यक्ष–वोमलाल गिरी
उपाध्यक्ष महिला–कालिका शिबाकोटी
महासचिव–बालकृष्ण अधिकारी
सचिव खुल्ला–उद्धव कार्की
सचिव समावेशी–
कोषाध्यक्ष–सरोज कोइराला

Loading...
Related Posts
Don't miss it
Editors choice