• शनिबार ०५, साउन २०७५

सम्पादक पौडेललाई सिर्जनशिल पत्रकारिता पुरस्कार

पर्वत :

गते प्रेस चौतारी नेपाल पर्वत शाखाले प्रदान गर्ने प्रेस चौतारी सिर्जनशिल पत्रकारिता पुरस्कारबाट सेतो सूर्य अनलाईन तथा पर्वत खबर साप्ताहिकका सम्पादक गणेश पौडेललाई सम्मान गरेको छ ।

शाखाले प्रेस चौतारीको पाँचौं जिल्ला अधिवेशनको अवसर पारेर सोमबार उहाँलाई सम्मान गरेको हो । शाखाले सिर्जनशिल पुरस्कार २०७२ बाट पौडेललाई सम्मान गरेको हो । उहाँलाई नगद रु ११ हजार १ सय ११ नगद र सम्मान पत्र प्रदान गरिएको हो ।

पौडेललाई प्रेस चौतारी नेपालका उपाध्यक्ष तथा प्रदेश नं. ४ का संयोजक गणेश पाण्डेले सम्मान गर्नुभएको हो । पौडेल विगत एक दशकदेखि गोरखापत्र दैनिकमा आवद्ध हुनुहुन्छ ।

शाखाले सिर्जनशिल पत्रकारिता पुरस्कार २०७३ बाट प्रेस चौतारी नेपाल पर्वत शाखाका पूर्व अध्यक्ष तथा रेडियो पञ्चासेका संचालक गणेश पौडललाई पनि सम्मान गरेको छ । पौडेल स्थानीय रेडियोमा लामो समयदेखि क्रियाशिल रहँदै आउनुभएको छ । उहाँलाई पनि ११ हजार रु. १ सय ११ नगद र सम्मान पत्रले सम्मान गरिएको शाखाका अध्यक्ष गणेश गिरीले जानकारी दिनुभयो ।

Loading...
Related Posts
Don't miss it
Editors choice