• बिहीबार २९, कार्तिक २०७५

प्रधानमन्त्री ओली स्वदेश फिर्ता : भारत भ्रमण फलदायी र सफल

काठमाडौं, चैत २५

प्रधानमन्त्री केपी शर्मा छिमेकी मित्रराष्ट्र भारतको तीन दिने राजकीय भ्रमण पूरा गरी स्वदेश फर्कनु भएको छ । प्रधानमन्त्री ओली केही बेर अघि त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा अवतरण गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीलाई कार्यबहाक प्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलसहितका मन्त्रीहरुले बिमानस्थलको अति बिशिष्ठ कक्षमा हार्दिक स्वागत गर्नुभयो । गत शुक्रवार भारतको तीन दिने राजकीय भ्रमणमा जानुभएको प्रधानमन्त्री ओलीले नेपालको हितमा भ्रमणलाई सफल पार्नुभएको छ ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले सवै नेपालीको शीर उचो हुने गरी नेपालको पक्षका सहमति जुटाउनु भएको छ । नेपालको संबिधानको बिषयमा भारतले एक शब्द नबोलेपछि बिगतमा भारतीय पक्षमा रहेको आशंकासमेत प्रधानमन्त्रीले तथ्यका आधारमा दुर गराउनु भएको आम नेपालीको बुझाइ छ ।

Loading...
Related Posts
Don't miss it
Editors choice