• बिहीबार ०३, साउन २०७५

योगेश भट्टराईले दिए केपी ओलीलाइ यस्तो चुनौती !

काठमाडौं, – मन्त्रीको चर्चामा रहेका तर मन्त्रि बन्न न पाएका सचिव योगेश भट्टराईले मन्त्रीका लागि कसैको गुलामी नगरेको प्रतिक्रिया दिएका छन् । प्रतिनिधि सभाको निर्वाचनको प्रचार प्रसारको क्रममा गत कात्तिक १९ प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङ पुगेका थिए। ताप्लेजुङमा एमालेले सचिव योगेश भट्टराईलाई उम्मेद्वार बनाएको थियो।प्रचारका लागि हेलिकप्टरमा तक्मेबजार पुगेका ओलीले वाम गठबन्धनले विकास र समृद्धि ल्याउने बताए। तर, उनी त्यतिमा मात्र रोकिएनन् सचिव योगेश भट्टराईलाई वाम गठबन्धनको सरकारमा मन्त्री बनाउने उद्घोष गरे।

अबको सरकार वामपन्थीको बन्छ भन्ने सबैलाई थाहा छ। वामपन्थीमध्ये पनि सबैभन्दा ठूलो एमाले नै होला। एमालेको अध्यक्ष आएर किन ताप्लेजुङमा सम्बोधन गर्दैछ’,ओलीले भने, ‘मैले भनिरहनु पर्ला जस्तो लाग्दैन अब बकाइदा मन्त्री भएर मन्त्रालय चलाएर ताप्लेजुङ बनाउने जिम्मा योगेशको ।

ओलीको उद्घोषपछि सभामा सहभागिहरुले ताली बजाए। हौसिएका ओलीले थप्दै भने, ‘जिताएर पठाउनुस्, मन्त्रीको विल्ला भिराएर पठाउँछु।’ओली त्यतिमा रोकिएनन्। उनले योगेशको तारिफ गर्दै युवा मष्तिष्क र युवा काँधले देश बनाउने बताए। ‘यस्तो युवा, यस्तो अनुभवी, यस्तो तेज तरार, मैले विश्वास गरेको, यस्तो पार्टीले विश्वास गरेको, देशले विश्वास गरेको’, ओलीले योगेशको तारिफ गरेका थिए।

तर उनै ओलीले आफ्नै नेतृत्वको मन्त्रिपरिषद्मा ‘तेज तरार’ योगेशलाई मन्त्री बनाएनन्। एमालेमा योगेश माधव नेपाल पक्षका नेता हुन्। एमालेको नवौँ महाधिवेशमा योगेशले माधव नेपाल समूहको प्यानलबाट सचिव जितेका थिए।नेता नेपालले प्रधानमन्त्री ओलीलाई दोश्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नु अघि मन्त्री बनाउन सुझाएका थिए। तर ओलीले नेपालको भनाईको टेर पुच्छर लगाएनन्।एमाले स्थायी समितिमा अहिलेसम्म मन्त्री नभएका एक मात्र सदस्य योगेश मात्र हुन्। पार्टीको सचिव र मन्त्री पनि नभएको व्यक्ति भन्दै नेता नेपालले योगेशलाई मन्त्री बनाउन ओलीलाई सुझाएका थिए।स्रोतका अनुसार ओलीले ‘नेताहरुलाई खुइल्याउने र नेतृत्वलाई नसुन्ने व्यक्ति’ भन्दै योगेशको प्रस्ताव ठाडै अस्वीकार गरिदिएका थिए।

नेकपा एमाले र माओवादी केन्द्रबीच एकताको प्रसङ्ग चलिरहेका बेला राजधानीको एक कार्यक्रममा योगेशले पार्टी एकता पछि नेल्सन मण्डेला जस्तो सर्वमान्य नेता बन्नेगरि ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कार्यकारी भूमीकाबाट बिदा लिनुपर्ने टिप्पणी गरेका थिए।तर उनको टिप्पणीलाई एमालेकै नेताहरुले नेतृत्वलाई बदनाम गर्ने प्रयासको रुपमा अर्थ्याएपछि भट्टराई रक्षात्मक बन्न पुगेका थिए। हाल प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रहेका विष्णु रिमालले माइक्रो ब्लगिङ साइट ट्विटरमै योगेशको आलोचना गरेका थिए।रिमालले योगेशलाई मेन्सन गर्दै लेखेका थिए – उ बेला ओलाङचुङगोला देखि जोगबुढासम्म तिनै बुढा ओलीले सम्बोधन नगरे खेल जित्छु भन्ने आँट हाम्रा खेलाडीमा थिएन। अहिले यसो सुन्छु र दङ पर्छु तिनै ओलीको ‘बक(अप’बाट ट्रफी पाउने साथीहरुको ‘माकफुँइ’ले के विधि सगरमाथा चढेको हो।’

तर योगेशले विष्णु रिमालले गरेको टिप्पणीको सरल जवाफ थिए। ‘उहाँले म प्रति जति नकरात्मक टिप्पणी गरेपनि मेरो वहाँप्रति सँधै सद्भाव रहिरहनेछ।’त्यसो त योगेश अन्य विषयमा पनि पार्टी भित्र आलोचनात्मक रुपमा प्रस्तुत हुने गरेका छन्। राष्ट्रिय सभाको उम्मेद्वार चयनका लागि बसेको एमाले स्थायी समिति बैठकमा उपमहासचिव घनश्याम भुषाल र सचिव भट्टराईले ‘नोट अफ डिसेन्ट’ नै लखेका थिए। प्रदेश ५ मा ठाकुर गैरे र प्रदेश १ मा जगन्नाथ खतिवडालाई राष्ट्रिय सभामा टिकट नदिइएकोमा उनीहरुले असन्तुष्टि व्यक्त गरेका थिए। प्रदेश ५ बाट कोमल वलीले राष्ट्रिय सभामा टिकट पाएकी थिइन्।त्यस्तै विद्या भण्डारीलाई राष्ट्रपतिको उम्मेद्वारका रुपमा प्रधानमन्त्री ओलीले स्थायी समिति बैठकमा प्रस्तुत गर्दा पनि योगेशले आलोचना गरेका थिए। योगेश सहित एमालेका केही नेताहरुले भण्डारीले राष्ट्रपतिको सचिवालयबाट गुट चलाएको आरोप लगाएका थिए।माधव नेपाल पक्षबाट सिफारिस भएका योगेशको नाम ओलीले अस्वीकार गरिदिएपछि अर्का सचिव गोकर्ण विष्ट एमालेबाट मन्त्री बनेका छन् । – प्रहार न्यूज

Loading...
Related Posts
Don't miss it
Editors choice