• बुधबार ०४, पुष २०७५

गणेश तिमल्सिना: मालेको ‘रेडगार्ड’देखि राष्ट्रियसभा अध्यक्षसम्म

राष्ट्रियसभामा अध्यक्ष पदमा नेकपा एमालेका पोलिटब्युरो सदस्य गणेश तिमिल्सीना निर्बीरोध निर्वाचित भएका छन । पर्वतको मोदीगाउँपालिका वडा नं ७ राम्जा देउरालीमा जन्मिएका तिमिल्सीना साेमबार संसदमा निर्बीरोध भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको एकदमै निकटक रहेका तिमिल्सीना पार्टीको पोलिटब्युरो सदस्य एवं ४ नम्बर प्रदेश सहसंयोजक समेत हुन । पर्वतको मोदीगाउँपालिका–७ मा २०१८ जेठ १२ गते जन्मिएका तिमिल्सिनाले गाउँकै पशुपति उच्च माविबाट एसएलसीसम्मको अध्ययन पुरा गरेका हुन ।

पोखराको पृथ्वीनारायण क्याम्पसमा प्रविणता तह अध्ययन गर्दै गर्दा गणेश तिमिल्सीना २०३६ सालमा विद्यार्थी राजनीतिमा होमिएका थिए विद्यार्थी जीवन दैखि नै प्रगतिवादी सोचका तिमिल्सीना २०३६ सालमा नेकपा मालेको रेडगार्डको सचिव भएका थिए । २०३७ सालमा अनेरास्ववियुको क्षेत्रीय सम्मेलनबाट पश्चिमाञ्चल क्षेत्रीय समितिको सदस्यमा निवार्चित तिमिल्सिनाले २०४० सालमा तत्कालिन नेकपा मालेको सदस्यता प्राप्त गरे ।

पार्टी राजनीतिको शुरुवातसँगै सक्रिय राजनीति शुरु गरेका तिमिल्सिना २०४१ सालमा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सचिव र २०४२ सालमा अनेरास्ववियुको आठौं राष्ट्रिय सम्मेलन आयोजक कमिटीको सदस्य भए । तत्कालीन सरकार विरुद्ध विद्रोहको उदघोष गर्दै २०४२ सालको बम काण्डपछि तिमिल्सिनाले ४ बर्ष जेल जीवन विताए । तत्कालीन पञ्चायती सरकारले २०४२ देखि ०४६ सम्म लगातार ४ बर्ष तिमिल्सिनालाई पोखरा, भैरहवा, तौलिहवा, वीरगञ्ज, भद्रगोल जेल र नख्खु जेलमा राखेको थियो ।

तिमिल्सिनासंगै जेलमा तत्कालीन कम्युनिष्ट नेताहरु केपी शर्मा ओली र हितकाजी गुरुङ थिए । ओली अहिले देशको प्रधानमन्त्री र एमाले अध्यक्षको जिम्मेवारीमा छन् । २०४६ सालमा जेलबाट छुटेका उनी प्रजातन्त्र बहालीको आन्दोलनमा पुनः सक्रिय भए । २०४६ सालको जनआन्दोलनमा संयन्त्र सदस्य बनेका उनी पुनः पञ्चहरुको निशानामा परे । तत्कालिन सरकारले पक्राउ गरी ल्याउन टाउकोको मुल्य ५० हजार तोकेको थियो ।

अर्ध भूमिगत अवस्थामा प्रजातन्त्रको पक्षमा आन्दोलनमा सहभागी उनी २०४७ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको केन्द्रीय सदस्य भए । दोस्रो वैठकबाट केन्द्रीय आयोजक समिति सदस्य बनेका उनी केन्द्रीय सदस्य बन्दा वर्तमान सरकारका प्रधानमन्त्री ओली सोही कमिटीका अध्यक्ष थिए । २०४७ सालमा नेकपा माले मुस्ताङ्गको सचिव, ०४८ मा नेकपा एमाले बागलुङ्गको सचिव, २०५४ सालमा नेपालगञ्जमा सम्पन्न नेकपा एमालेको छैटौ महाधिबेशनबाट बैकल्पिक केन्द्रीय सदस्य निर्वाचित हुँदै धौलागिरी अञ्चल इन्चार्जको जिम्मेवारी सम्हाले ।

२०५९ सालमा जनकपुरमा सम्पन्न नेकपा एमालेको सातौँ महाधिबेशन पछि केन्द्रीय सल्लाहकार समिति सदस्य र २०६५ मा बुटवलमा सम्पन्न आठौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वा्चित तिमिल्सिना पर्वत जिल्ला संयोजकको रुपमा पार्टीको जिम्मेवारी सम्हालेका थिए । उनी पर्वत जिल्लाको पूर्व जिविस सभापति पनि हुन् । काठमाण्डौंमा भएको नवौ महाधिवेशन पछि पुनः केन्द्रीय सदस्य हुँदै अहिले उनी एमालेको पोलिटब्यूरो सदस्य छन ।

Loading...
Related Posts
Don't miss it
Editors choice