• बुधबार ०४, पुष २०७५

प्रधानमन्त्री ओलीले ७७.६ प्रतिशत विश्वास मत, कति खस्यो विपक्षमा ?

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले विश्वासको मत प्राप्त गरेका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाई सांसदको विश्वासको मत पाएका हुन् ।

आजको प्रतिनिधिसभा बैठकमा भएको मतविभाजनमा प्रधानमन्त्री ओलीको पक्षमा २०८ मत प्राप्त भएको छ भने विपक्षमा ६० मत मत खसेको छ ।

कांग्रेसले मात्र ओलीलाई मत दिएनन् । नयाँ शक्ति पार्टीका मात्र सांसद डा. बाबुराम भट्टराई भने आइतबारको संसद बैठकमा उपस्थित नै थिएनन् ।

प्रधानमन्त्री ओलीको पक्षमा नेकपा एमाले,माओवादी केन्द्र,राजपा, संघीय समाजवादी फोरमका सांसदहरुले मत हालेका थिए भने विपक्षमा नेपाली कांग्रेस, नयाँ शक्ति र नेमकिपाका सांसदहरुले मत हालेका थिए ।
बैठकमा जम्मा २६८ जना सांसदहरुको उपस्थिति रहेको थियो ।

Loading...
Related Posts
Don't miss it
Editors choice