• सोमबार ११, असार २०७५

प्रधानमन्त्री ओलीले सांसद्हरुलाई नै साक्षी राखेर यस्तो भने…

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचार हुन नदिने प्रतिवद्ता जनाएका छन् । संसद्मा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार नगर्ने र गर्न नदिने प्रतिवद्धता जनाएका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘म तपाईहरुलाई साक्षी राखेर भन्छु, भ्रष्टाचार आफु पनि गर्दिन् अरुलाई पनि गर्दिन् ।’ आफु पदको लागि भन्दा पनि केही गर्नको लागि आएको बताए ।

प्रधानमन्त्री ओलीले नेपालको स्वतन्त्रता, भौगौलिक अखण्डता र सार्वभौमसत्ताको पक्षमा निरन्तर लागिपर्ने अठोट समेत व्यक्त गरेका छन् । पुर्खाहरुले लडेर नेपाललाई यहाँसम्म ल्याइपुर्याएको स्मरण गर्दै ओलीले विश्व इतिहासमा कैयन् देशहरु उपनिवेश भएको अवस्थामा समेत नेपाल कसैको दास नभएको बताउँदै प्रधानमन्त्री ओलीले नेपालको स्वतन्त्रतामा कुनै पनि कोणबाट आँच आउन नदिने प्रतिबद्धता व्यक्त गरे ।

वाम गठबन्धनको घोषणापत्रले विश्व समुदायमा नेपालको पृथक पहिचान बनाउने कुरा उल्लेख गरेको बताउँदै ओलीले विगतमा पुर्खाहरुले खेलेको भूमिकाको स्मरण गर्दै राष्ट्रिय गौरव माथि उठाउने गरी काम गर्ने बताए ।

देश र जनताको पक्षमा बलिदानीपूर्ण संघर्ष गरेको बताउँदै प्रधानमन्त्री ओलीले अहिलेको सरकार देश र जनताप्रति प्रतिबद्ध, मानवजातिको भविष्यप्रति उत्तरदायी र अन्तर्राष्ट्रिय समुदायप्रति जवाफदेहि रहेको जनाए ।

Loading...
Related Posts
Don't miss it
Editors choice