• शनिबार ०५, साउन २०७५

मलाई कतिपयले ‘बहुला’ भन्छन्, म भन्छु–तपाई पनि बौलाउनुस् : मातृका यादव

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले पैसा नकमाउने व्यक्तिलार्इ समाजले बहुला भन्ने गरेको बताउँदै राष्ट्रका लागि बहुलाउन तयार हुन व्यापारीलाई आग्रह गरेका छन् ।

मन्त्री यादवलाई भेट्न पुगेका नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका प्रतिनिधीमण्डलसँग उनले भने, ‘पैसा नकमाउने व्यक्तिलाई अहिलेको समाजले बहुला भन्छ। त्यसैले कतिपयले मलार्इ पनि बहुला भन्छन् । म मात्रै होइन तपार्इहरू पनि बहुलाउनको लागि तयार हुनुहोस् । राष्ट्रका लागि बहुलाउन तयार हुँदा तपार्इहरूलार्इ पनि राम्रै हुन्छ।’

आफ्नो बुबा पनि व्यापारी नै भएको उदाहरण दिँदै मन्त्री यादवले सफल भने हुन नसकेको बताए। ‘मेरो बुबा पनि तपार्इहरूजस्तो होइन सानो व्यापारी हो।व्यापारी भएपछि कर छल्न खोजिहाल्छ,’ उनको भनार्इ उदृत गर्दै एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले भने, ‘तर, अहिले त्यस्तो क्राइम गर्ने कुरा सोच्दै नसोच्नुहोला । कर तिरेर राज्यलार्इ बलियो बनाउन लाग्नुहोला।’

यादवले आयल निगममा चलखेल हुनेबारे जानकार रहेको बताउँदै कसैले नाजायज काम गरेमा कर्मचारी मात्रै नभएर व्यापारीलार्इ समेत कारवाही गर्ने चेतावनी दिए ।

‘मलार्इ आयल निगममा चलखेल हुन्छ भन्ने थाहा छ। कसैले मेरो नाममा पैसा उठाएको छ भने त्यो कर्मचारी र व्यापारी दुबैलार्इ म छाड्दिन,’ उनले भने । यादव मन्त्री भएपछि भेट्न पुगेका सबै उद्योगी व्यापारीलार्इ इमान्दार भएर काम गर्न आग्रह गर्दै आएका छन् । खबर डवलीबाट

Loading...
Related Posts
Don't miss it
Editors choice