• सोमबार ११, असार २०७५

कर्मचारीलाई ट्वाइलेटमा थुनेर चर्चा कमाएका यादवले दिए फेरी यस्तो चेतावनी…

काभ्रे – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले आफ्नो मन्त्रालय मातहत भ्रष्टाचार गरे ‘अन् द स्पट’ कारवाही गर्ने चेतावनी दिनुभएको छ ।काभ्रेको धुलिखेलमा सुरु भएको काभ्रे महोत्सव धुलिखेल २०७४ को उद्घाटन गर्दै मन्त्री यादवले कुनै पनि कर्मचारीले भ्रष्ट्राचार गरे ‘अन् द स्पट’ कारवाही गर्ने बताउनुभएको हो ।

उहाँले आफ्नो मातहतका कुनै कर्मचारीलाई कसैले पनि पैसा नखुवाउन आग्रह गर्दै यदि पैसा खाए खाने र खुवाउने दुवैलाई कारवाही गर्ने बताउनुभयो । मन्त्री यादवले आर्थिक विकासको लागि उद्योग वाणिज्य र आपूर्ति मन्त्रालयको नेतृत्वमा सबैलाई सहभागी गराएर आन्दोलनको आबश्यक भएको बताउनुभयो । उहाँले गाउँ पालिका र नगरपालिकामा भन्दा पनि प्रत्येक किसानको घरघरमा उद्योग सञ्चालन भए मात्र देशमा अर्थिक क्रान्ति सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटा, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ सदस्य चण्डीराज ढकाल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुरकृष्ण वैद्य र दिलसुन्दर श्रेष्ठ, नेपाल पत्रकार महासंघ काभ्रेका सदस्य मोतिराम तिमल्सिना, काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धर, धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष मन्जुकुमार कोजुलगायतले महोत्सवबारे मन्तव्य राख्नुभएको थियो ।

Loading...
Related Posts
Don't miss it
Editors choice