• शनिबार ०५, साउन २०७५

राष्ट्रपतिमा विद्या भण्डारीलाई नै निरन्तरता दिने एमालेको निर्णय

काठमाडौँ, २३ फागुन । नेकपा एमालेले विद्यादेवी भण्डारीलाई नै राष्ट्रपतिमा निरन्तरता दिने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार मध्यरातिसम्म बसेको एमाले स्थायी समिति बैठकले वर्तमान राष्ट्रपति भण्डारीलाई नै निरन्तरता दिने निर्णय गरेको एमाले उपाध्यक्ष बामदेव गौतमले जानकारी दिए ।

साँझ ६ बजेदेखि छ घण्टा बढी बसेको बैठकमा राष्ट्रपतिको उम्मेदवारका विषयमा लामो छलफल भएको थियो । एमालेबाट वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि आकांक्षा देखाएका थिए ।

एमालेले राष्ट्रपति दोहोर्याएमा माओवादीले पनि उपराष्ट्रपति नन्दकिशोर पुनलाई नै निरन्तरता दिने बताउँदै आएको छ ।

राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्य गरी ८८० जना मतदाता छन् । संघीय समाजवादी फोरमसमेत सरकारमा सहभागी हुने पक्का भएकाले वर्तमान गठबन्धनसँग दुई तिहाई मत छ ।

यही फागुन २९ गतेका लागि तोकिएको राष्ट्रपतिको निर्वाचन कार्यतालिका अनुसार बुधबार ३ बजेसम्म मनोनयन दर्ता गर्नुपर्नेछ ।

Loading...
Related Posts
Don't miss it
Editors choice