• बुधबार ०४, पुष २०७५

दुर्घटनामा परि खुट्टा भाचिएर अस्पताल पुराएको बिरामीलाई पेटकाे अप्रेशन गर्दा मृत्यु

काठमाडाै,  खुट्टा भाचिएको बिरामीको चुरेहिल अस्पताल हेटाैडाले पेटको अप्रेशन गरेपछि हेटौडा ११ स्थित चुरेहिल अस्पताल तनावग्रस्त बनेको छ ।

२ दिन अघि हेटौडा ३ का पुण्यप्रसाद चौलागाईं दुर्घटनामा परि खुटा भाचिएपछी अस्पताल गएका थिए । तर उनको पेटको अप्रेशन भएपछि अार्इतवार चौलागाईको मृत्यु भएको हाे । मृतकका आफन्तहरुले अस्पताल अगाडी आन्दोलन गरिरहेका छन् ।

खुट्टाको उपचार गर्न आएको तर डाक्टरले पेटको अप्रेशन गरिदिए, मलाई हिजो सेतो रगत चाहियो भनेका थिए आज फेरी रातो पनि चाहियो भने र बिहान भएपछी बाच्ने संभावना १ प्रतिशत मात्र छ भने मृतककी भतिजी सफलता चौलागाईंले भनिन् ।

अप्रेशन गरेपछि डाक्टरले रातो र सेतो रगत निकैनै चाहिन्छ भनेपछि बिरामीका आफन्तले भरतपुरबाट १८ पाउण्ड रगत शनिवार दिउसो जुटाएका थिए । तर अचानक अाइतवार बिरामीको मृत्यु भएपछी आफन्तहरु आक्रोशित भएका हुन।

यहाँ नसकिने भए काठमान्डौ लान्छु भन्दा पनि डाक्टरले जहाँ लगेपनि रगतनै चढाउने हो भन्दै चुरेहिलमा राखेको आफन्तहरुले बताएकाछन् ।

उता अस्पतालले भने बिरामीको पेटमा रगत देखिएकाले अप्रेशन गरेको बताएको छ । कलेजोमा पनि समस्या देखिएकाले जति रगत दिएपनि बचाउन नसकिएको अस्पताल बताउछ ।

अस्पतालले भने आफुले गरेको अप्रेशन गलत नभएको र बिरामीको पेटमा रगत देखिएकाले अप्रेशन गरेको बताएको छ । बिरामीले धेरै रक्सि सेवन गर्ने गरेकाले कलेजोमा समस्या देखिएको, जसले गर्दा जति रगत दिँदा पनि बिरामी बचाउन नसकिएको अस्पताल बताउछ ।

बिरामीको पेटमा रगत देखिएको छ भनेर जानकारी बिरामीको आफन्तलाई गराएर नै अप्रेशन गरेको तर प्लेटलेट निकै कम भएकाले बचाउन नसकिएको अस्पतालका म्यानेजिङ डाइरेक्टर रविरमण अधिकारीले जानकारी दिए ।

Loading...
Related Posts
Don't miss it
Editors choice