• शनिबार ०५, साउन २०७५

राष्ट्रपतिको उम्मेदवार छान्न एमाले स्थायी समिति बैठक बस्दै, विद्या, झलनाथ र अष्टलक्ष्मी दौडमा

काठमाडौं

नयाँ राष्ट्रपति को बन्ने भन्ने विषय आज टुंगो लाग्दैछ । राष्ट्रपतिको उम्मेदवार चयनका लागि एमाले स्थायी समितिको बैठक मंगलबार बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्न लागेको हो ।

एमालेमा कसलाई राष्ट्रपति बनाउने भन्ने एकमत छैन । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै दोहो¥याउने पक्षमा छन् । तर, पार्टीकै केही नेता भने पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई राष्ट्रपति बनाउनुपर्ने पक्षमा छन् । २३ सदस्यीय स्थायी समितिमा १० जना भण्डारी र १० जना खनाललाई राष्ट्रपति बनाउनुपर्ने पक्षमा छन् ।

वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावल तठस्थ छन् । दुवै अहिलेसम्म कतै खुलेका छैनन् । प्रधानमन्त्री ओलीले भोटिङ भए मात्र मत हाल्न पाउने छन् । सबैभन्दा निर्णायक पोजिसनमा नेता नेपाल छन् । यदि उनले चाहे भने खनाल राष्ट्रपति बन्न सक्छन् । तर, १० औं महाधिवेशनलाई मध्यनजर गर्दै पार्टीभित्र आन्तरिक शक्ति सन्तुलन पनि गर्नुपर्ने भएकाले नेता नेपालले के निर्णय लिन्छन् ? भन्न सकिने अवस्था छैन ।

यदि महिलालाई नै राष्ट्रपति बनाउनुपर्ने हो भने एमाले अष्टलक्ष्मी शाक्यलाई बनाउनुपर्ने आवाज पनि उठेको छ । प्रदेश नम्बर ३ को मुख्यमन्त्री नबनाएपछि शाक्य प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीसँग निकै रिसाएकी छन् । उनी एमालेको उपाध्यक्ष पनि हुन् ।

पुरुष राष्ट्रपति भए महिला उपराष्ट्रपति र महिला राष्ट्रपति भए पुरुषलाई उपराष्ट्रपति बनाउने पक्षमा एमाले र माओवादी केन्द्र छन् । माओवादीले वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनलाई नै दोहो¥याउने प्रबल सम्भावना छ ।

Loading...
Related Posts
Don't miss it
Editors choice