• शनिबार ०८, बैशाख २०७५

इतिहासमै टुँडिखेलमा गार्ड अफ अनर पाउने पहिलो विदेशी विशिष्ट पाहुना बने पाकिस्तानका प्रधानमन्त्री अब्बासी , नेपालले गर्यो यसरि स्वागत (भिडियो)

काठमाडौं – नेपाल भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री साहिद खाकान अब्बासीलाई ‘गार्ड अफ अनर’ अर्पण गरिएको छ। सैनिक मञ्च टुंडिखेलमा आयोजित विशेष समारोहमा अब्बासीलाई गार्ड अफ अनर दिइयो। अब्बासीको सम्मानमा नेपाली सेनाको एक टुकडीले १९ तोपको सलामी प्रदान गरेको छ।

इतिहासमै पाकिस्तानका प्रधानमन्त्री अब्बासी टुँडिखेलमा गार्ड अफ अनर पाउने पहिलो विदेशी विशिष्ट पाहुना हुन्। समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीगण तथा उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना समकक्षीलाई सैनिक मञ्च टुँडिखेलको अतिविशिष्ट कक्षमा स्वागत गरेसँगै अब्बासीको सम्मानमा सम्मान गारद प्रदान गरिएको हो । सो अवसरमा पाकिस्तानी प्रधानमन्त्रीले सम्मान गारद निरीक्षण गरेका थिए । समारोहमा दुवै देशका राष्ट्रिय धुन बजाइएको थियो ।

समारोहमा पाकिस्तानी प्रधानमन्त्रीले मन्त्रीगण, संवैधानिक निकायका प्रमुख एवं नेपाल सरकारका उच्चपदस्थ अधिकारी एवं प्रधानसेनापति राजेन्द्र क्षत्रीको परिचय लिएका थिए ।

प्रधानमन्त्री ओली र पाकिस्तानी प्रधानमन्त्री अब्बासीबीच केहीबेरमै औपचारिक रुपमा पारस्परिक हित र चासोका द्विपक्षीय विषयमा छलफल हुनेछ । छलफल सकिएलगत्तै प्रधानमन्त्री ओलीले आफ्ना समकक्षी अब्बासीको सम्मानमा रात्रिभोजको आयोजना गर्ने छन् ।

हेर्नुहोस भिडियो मा यसरी भयो स्वागत 

Loading...
Related Posts
Don't miss it
Editors choice