• सोमबार ११, असार २०७५

सांसद योगेश भट्टराईको एउटै `स्टाटस´ ले देशै भर चर्चा ! यस्तो थियो भट्टराईको चर्चित `स्टाटस´ ?

काठमाडौ । आइतबार संघीय सांसदको सपथ जानुअघि नै एमाले सचिव योगेश भट्टराईले सार्वजनिक रुपमा कसम खाए । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफ्नो कसम सार्वजनिक गरेका थिए ।

उनले फेसबुकमा लेखेको स्टाटस एकाएक भाइरल भयो । देश भरका अनलाइन मिडिया तथा सोसल साइटमा उनको स्टाटसको समाचार बन्यो । एमाले प्रचार बिभागका प्रमुख समेत रहेका भट्टराईले देश र जनताका नाउँमा फेसबुक तथा ट्विटरबाट कसम खाए ।

‘प्रतिनिधिसभा सदस्यको सपथग्रहणमा जानु अघि सबैका सामुन्ने म कसम खान्छु’, योगेशले फेसबुकमा लेखेका छन्, ‘जिन्दगीभर राष्ट्र र जनताको हितमा लागिरहने छु, जानीबुजी राष्ट्र र जनताको अहित हुने कुनै काम गर्ने छैन ।’

आइतबार साँझ संघीय सांसदको सपथ खानुअघि नै योगेशले यस्तो कसम खाएका हुन् ।

Loading...
Related Posts
Don't miss it
Editors choice