• बिहीबार १३, बैशाख २०७५

आखिर बन्ने नै भए नवराज सिलवाल गृह राज्यमन्त्री ? यस्तो छ तयारी !

काठमाडौ । ललितपुर–१ का सांसद एवं नेपाल प्रहरीका पूर्वडिआईजी नवराज सिलवाललाई गृहराज्यमन्त्री बनाउने तयारी भएको छ ।

स्रोतका अनुसार गृह मन्त्रालयको जिम्मेवारी सम्हालेको माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र मन्त्री रामबहादुर थापा बादललाई समेत प्रधानमन्त्री  केपी ओलीले सिलवाललाई राज्यमन्त्री बनाउन राजी गराइसेकका छन् ।

अर्कोपटकको मन्त्रिमण्डल विस्तारका क्रममा सिलवालले सपथ लिने सम्भावना बढी रहेको बालकोट स्रोतले बतायो । दाबेदारमध्ये सबैभन्दा वरिष्ठ भए पनि तत्कालिन प्रचण्ड नेतृत्वको सरकारले प्रहरी महानिरीक्षक नबनाएको भन्दै सिलवाल अदालत गएका थिए ।

सरकारले प्रकाश अर्याललाई महानिरीक्षक नियुक्त गरेपछि दोश्रोपटक अदालत गएका सिलवाल पदबाट राजीनामा दिएर एमाले राजनीतिमा होमिए । ललितपुर–१ बाट काँग्रेस युवा नेता तथा तत्कालिन अर्थराज्यमन्त्री उदयशमशेर राणालाई पराजित गरेपछि सिलवालमाथि प्रहरी नेतृत्वले डिआईजीको कार्यसम्पादन मूल्यांकन किर्ते गरेको अभियोगमा पक्राउ पुर्जी जारी गरेको छ ।

यद्यपि उनले आफू आफ्ना मतदाताकै बीचमा रहेको बताउँदै आएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाको सत्ता बहिर्गमन र केपी ओलीको सत्तारोहणसँगै प्रहरीले सिलवाललाई देखेको नदेख्यै गर्ने रणनीति लिएको छ । सिलवाललाई पक्रन देशभरका प्रहरी इकाईहरुमा मुख्यालयले पत्राचार गरेको छ ।

यद्यपि जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डुले सिलवालविरुद्ध किर्ते मुद्धा चलाउन नमानेपछि अब उनीविरुद्ध कुनै औपचारिक अभियोजन छैन । सिलवाल आफ्नो निर्वचन क्षेत्र अन्तर्गतका विभिन्न स्थानमा हुने पार्टीका आन्तरिक कार्यक्रममा सहभागी भइरहेका छन् ।

Loading...
Related Posts
Don't miss it
Editors choice