• बिहीबार ०४, असोज २०७५

टुडिखेलमा उर्लियो मानव सागर, तोडिदै भारतको रेकर्ड, पुगे प्रधानमन्त्री ओली, हेर्नुस भिडियो……

काठमाडौँ । एकै मञ्चमा एकै पटक ‘बुद्ध वचन’ पढेर विश्व रेकर्ड राख्ने प्रयास अन्तर्गत शनिबार राजधानीको  टुडिखेलमा मानव सागर उर्लियो । पर्यटनमन्त्री आनन्द पोखरेलले संचारकर्मीलाई दिएको जानकारी अनुसार करिव डेढ लाख मानिसहरू उपस्थित भएका छन् ।

भगवान गौतम बुद्धको वचन ‘धम्मपद’ वाचन गरेर रेकर्ड राख्न र बुद्ध नेपालमा जन्मेका हुन् भन्ने विश्व सन्देश दिन यो कार्यक्रम आयोजना गरिएको हो । संसद भवनमा सांसदहरूका लागि राखिएको प्रशिक्षण एवं बैठक सकेर प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली पनि टुडिखेल पुगेका थिए ।

शनिबारको टुडिखेल भेलाले गिनिजबुकमा विश्व रेकर्ड दर्ज गर्ने ठानिएको छ ।

‘धेरै मान्छे एक ठाउ जुटेर एकसाथ पढेको’ रेकर्ड राख्न यो आयोजना गरिएको हो । भारतका नाममा रहेको रेकर्ड खोस्ने ठानिएको यो पहललाई गिनिज बुकले मान्यता दिन भने बाँकी नै छ । भारतको आर्ट अफ लिभिङ फाउन्डेसनले करिव ४७ हजार उपस्थित गराएर एउटा कविता वाचन सम्पन्न गरेको कार्यक्रम गिनिजबुकमा रेकर्ड छ ।

हेर्नुस भिडियो
Loading...
Related Posts
Don't miss it
Editors choice