• बुधबार ३१, असोज २०७५

एमाले र माओवादी केन्द्रको संसदीय दलको संयुक्त बैठकमा प्रचण्डले के भने ?

काठमाडौं,

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले र माओवादी केन्द्रको संसदीय दलको संयुक्त बैठक इतिहासकै ठुलो क्रम भंग भएको बताउनु भएको छ । एमाले र माओवादी केन्द्रले संयुक्त रुपमा संघीय संसदमा निर्वाचित सांसदहरुलाई शनिवार आयोजना गरिएको प्रशिक्षणमा बोल्दै दाहालले दुई वटा संसदीय दलको संयुक्त बैठक निरन्तरतामा क्रम भंग भएको बताउनु भयो ।

एउटै संसदीय दलमा रुपान्तरण हुदै गर्दा त्यसको पूर्वसन्ध्यामा भएको संयुक्त बैठकले नयाँ इतिहार रच्नुको साथै नया ऐतिहासिक प्रक्रियातर्फ अघि बढाउने ठोकुवा पनि दाहालले गर्नुभयो । प्रचण्डले माओवादी केन्द्र र एमाले एक भएपछि विश्व नै आश्चर्यमा परेको बताउनु भयो । ‘विश्वबाट कम्युनिष्टहरु समाप्त भइरहेको बेला नेपालमा दुई तिहाई बहुमत ल्याउनु चानचुने कुरा होइन, यसलाई दुनियाँले हेरिरहेको छ,’ दाहालले भन्नुभयो, ‘अब विकास गरेर देखाउने बेला आएको छ, सवैको ध्यान यतैतिर केन्द्रित हुनुपर्छ ।’

आपसमा बैचारिक राजनीतिक संघर्ष र तितो अनुभव संगालेका दल एउटै घोषणपत्र र साझा उम्मेदवारका साथ एउटै संकल्प लिएर निर्वाचनमा जाने विषय सहजै पत्याउन सकिने नभए पनि आफुहरुको एकताले डेढ महिना भित्र ठुलो विश्वविद्यालयको काम गरेको अध्यक्ष दाहालको भनाई थियो । उहाँले राजा महाराजाको समयमा जस्तो जनताको मालिक नभई साच्चै जनताको सेवकका रुपमा प्रमाणित गराउने साझा संकल्पका साथ अघि बढ्न सांसदहरुलाई निर्देशन पनि दिनुभयो ।

अहिले पुरै संसारको ध्यान आफुहरु तर्फ केन्द्रीत रहेको उल्लेख गर्दै उहाँले जनताको हित र मुलुकको सम्वृद्धिको लागि एकढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । ‘एमाले र माओवादी एकीकरण भइसक्यो, व्यवहारिक रुपमा माओवादी र एमाले एकीकरण भइसक्यो, कानुनी मान्यता दिन मात्र बाँकी छ,’ दाहालले भन्नुभयो, ‘यो वामपन्थी सरकारले विकास गरेर नमूना प्रस्तुत गर्नुपर्छ र त्यसका लागि सबैले इमान्दारी पूर्वक काम गर्नुपर्छ ।’ उहाँले एउटै पार्टीको सांसद जस्तो प्रस्तुत हुन पनि आग्रह गर्नुभयो ।

Loading...
Related Posts
Don't miss it
Editors choice