• बुधबार ३१, असोज २०७५

एमाले माओवादी केन्द्रका सांसदहरुलाई एकसाथ किन बोलाईयो काठमाण्डौ ?

काठमाडौं,

एमाले र माओवादीका तर्फबाट संघीय संसदमा निर्वाचित सांसदहरुलाई आज संयुक्त रुपमा प्रशिक्षण दिइने भएको छ । पार्टी एकीकरणको तयारीमा रहेका दुई पार्टीको संसदीय दलको बैठक संयुक्त रुपमा बस्न लागेको हो ।

सोमबारदेखि सुरु हुने संसद बैठकमा एकाकार भूमिकामा दुवै पार्टीका सांसदहरुलाई प्रस्तुत गर्ने तयारीस्वरुप सांसदहरुलाई प्रशिक्षण दिन लागिएको हो । दिउसो ११ बजे अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा सांसदहरुलाई प्रशिक्षण दिइनेछ । संघीय सांसदहरुको शपथ आइतबार हुँदैछ ।

निर्वाचित धेरै सांसदहरु संसदमा पहिलोपटक निर्वाचित भएकाले उनीहरुलाई बैठकममा प्रस्तुत हुने तरिका र निभाउनु पर्ने प्रभावकारी भूमिकाबारे प्रशिक्षण दिइने नेताहरुले वताएका छन् । सांसदहरुलाई प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता तथा पूर्वसभामुख सुवास नेम्वाङले विशेष सम्बोधनसहित प्रशिक्षण दिने कार्यक्रम छ ।

एमाले–माओवादी दुवैले संघीय संसदका सबै सांसदलाई प्रशिक्षणमा सहभागी हुन सर्कुलर गरेका छन् । प्रशिक्षणमा भाग लिन काम विशेषले उपत्यकाबाहिर रहेका सांसदहरु समेत राजधानी आइपुगेका छन् ।

Loading...
Related Posts
Don't miss it
Editors choice