• बुधबार ०३, असोज २०७५

राजा महेन्द्र पछि नेपालमा केपी ओली राष्ट्रवादी नेता, यसरी खुलाए विश्लेषकहरुले भित्री तथ्य (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

नेपालीलाई सबै अधिकार चाहिएको छ तर नेपाल चाहिएको छैन, यो ब्रह्मवाक्य हो

राजा महेन्द्रपछी सबैभन्दा आत्मबल भएका नेता भनेकै केपी ओली हुन् भन्ने सौरभको भनाइ पछिल्लो चरणमा चर्चित नै रह्यो। त्यसैले एपी १ टेलिविजन को तमसोमा ज्योतिर्गमय कार्यक्रममा कुन आशयले तपाइले यस्तो अभिव्यक्ति दिनु भएको हो भनेर प्रश्न गर्दा राजनीतिक विश्लेषक

सौरभ भन्छन- नाकाबन्दी लाग्यो,जे सुकै जस्तो सुकै कारणले होस्,हाम्रा नेताहरुको प्रवृति के थियो भने कुटनीति भाषा त कुटनीति भाषा नै बोल्नु पर्छ तर अन्तिममा गएर आफै झुक्ने अनि पब्लिक कन्जन्सनका लागि अर्कै कुरा बोलिदिने।

तर त्यसको ठ्याकै उल्टो ओलीको अडान रह्यो नाकाबन्दी भए होस् , हामी आफूलाई जसरी सम्हाल्न सक्छौं सम्हाल्छौं। यो कुराले छिमेकी भारत अन्तत: नाकाबन्दी खोल्न बाध्य नै भयो। त्यसैले त्यो प्रशंशा गर्न लायक कुरा थियो र गर्नु पर्यो।

नाकाबन्दी नै कन्टिन्यु भयो भने के गर्ने भन्ने बिकल्प सोच्नेतिर पनि हामी जादैन थियौं ,हामी डराउथ्यौं। होला नहोला भविष्यमा चीनबाट बाटो ल्याउने, पेट्रोल ल्याउन सजिलो पार्ने जे जे कोशिश भए निश्चय नै ती सबै राम्रै कुरा हुन्। मैले त्यसै भएर महेन्द्र्पछीका ओली भनेको हुँ र अहिले पनि मेरो ठहर्याई कायम नै छ।

हिजोका दिनमा काठमाडौँ दिल्ली धाउथ्यो र आजका दिनमा दिल्ली काठमान्डू धाउछ मेरो दृष्टिकोण पनि त्यस्तै नै हो। जब हामी दिल्ली धाउछौँ तब हामी कम्जोर छौं भन्ने हो तर जब दिल्ली हामीकहाँ धाउछभने हामी बलियो छौं भन्ने हो। अंग्रेजीमा एउटा भनाइ छ, तिमी कसैको हात काट्न सक्दैनौ भने तिमी उसको हात चुम। दिल्लीको नेपाल भ्रमण पनि त्यही हो।

एमालेको गोडा नसमाती नहुने भएको कारणले माओबादी त्यो स्थितिमा पुगेको थियो। उसको सार्है नै ओरालो लागेकै स्थिति थियो। अर्कोसंग टासिएर आफू बलियो हुनु पर्ने स्थिति थियो।

नेपालको जुन किसिमको संबिधान ल्याइएको छ त्यल्लाई बलियो बनाउनका लागि लेफ्टहरुलाई एउता मोर्चामा लगेर बलियो बनाउनु बिदेशीहरुको पनि दायित्व थियो।

एउटा रुकुम रोल्पाबाट बिद्रोह गरेर उठेको र एउटा झापा विद्रोहको नायकका बिचमा अल्टिमेट्ली अलि अलि कुरा त मिल्छ नै, कुरा त्यस्तो पनि हो।

केपी ओलीलाई कम्जोर वा पार्टी भित्र भुत्ते बनाउन यो गठबन्धनको नाटक रचिएको पनि भन्छन भन्ने सन्दर्भमा सौरभ भन्छन- त्यसमा आंशिक सत्यता छ। मैले त्यो बेलामा ओलीको फेवरमा जे कुरा भने वा जे कुरा लेखें त्यो र अहिलेको मेरो भनाइमा अलिकति अन्तर छ।

अहिले चै म के देख्छु भने एक डेढ महिना भित्रमा नेपालीहरुलाई ओलीको प्रधानमन्त्रित्वबाट निराशा हुन्छ नै र डेढ बर्षभित्रमा चरम निराशा हुन्छ। उनलाई कम्जोर बनाउनका लागि पनि उनीसंग माओबादीलाई टाँसीदिनु जरुरी भएको छ।

त्यो बेलामा एकोहोरो अडान लिन जति सजिलो थियो आजभोली छैन नि। आज धेरै इन्ट्रेस्टका धेरै तत्वहरु इन्वल्व भएर आएको देखिन्छ देखिने वा नदेखिने गरि। संघीयता मुलुकमा जुन किसिमले लागू गरिएको छ त्यो चै धर्मनिरपेक्षताबाट पब्लिकको ध्यान डाइबार्ट गर्नलाई हो।

धर्म भनेको आफ्नु इच्छा हो भनेर मान्छेले अलि सजिलो गरी लिन्छ तर देश नै टुक्रिन लाग्यो भन्ने लागेपछी मान्छेलाई अलि चिन्ता लाग्छ। अनि संघीयतामा के हुने, कस्तो हुने, यसले देश थाम्न सक्छ कि सक्दैन भन्ने मान्छेहरुलाई भैरहेको छ। यस्तो स्थितिमा धर्म निरापेक्षताबाट त ध्यान गयो नि। धर्मनिरपेक्षता बोकेर आएको त माओबादीले हो।

हिन्दीमा एउटा भनाइ छ, घरका भेदी लंका ढाये, ओलीको आफनी पार्टीभित्र सहयोग नगरेर माओबादीलाई उठाउने र सहयोग गर्ने तीन जना नेताहरु त त्यहीं देखिन्छन। घरभित्र असजिलो छ भने त्यसले ओलीलाई समस्यामा पार्छ। ओलीको वरिपरी घेरो चै हालिसकिएको अवस्था छ।

नेपालको आम्दानीको मुख्य श्रोत कृषि थियो तर अब चै धेरैजसोको राजनीति हुन गएको छ। यो राम्रो चिज हैन। हाम्रो ब्यालेन्स अफ पेमेन्ट बिग्रिएको छ। हामी धेरै कुरो बाहिरबाट झिकाएर खाने गर्छौं। जब खाद्यान्नमा बाहिर भर परिन्छ तब कुटनीति कम्जोर हुन्छ।

पहिला आसे बजेट बनाउने चलन थियो अहिले माग्ने बजेट बनाउन छुट दियो संविधानले नै।स्वाभिमान भन्ने बाँकी केही पनि रहेन। म नेपाली हुँ भन्ने कुरा पनि केही रहेन। अजेण्डा अर्काको बोक्ने र खेल्ने ठाउँ पनि अर्कालाई दिने- यहाँ डेमोक्रेसीको नाम अनार्की छ।

५ बर्षसम्म यो सरकार जाने आशा छ। तीन बर्षसम्म ओली प्रधानमन्त्री हुने र दुई वर्ष प्रचण्ड प्रधानमन्त्री हुने कुरा आयो। अहिले फेरी पुष्पकमलको एउटा लाइन आएको छ ५ वर्ष ओलीजी नै प्रधानमन्त्री हो भन्ने। साँच्चै नै ओली ५ वर्ष प्रधानमन्त्री हुने हो र टिक्न दिने ग्यारेन्टी दिने हो भने डेफिनेटली त्यो राम्रो कुरा हो। अरु कुरालाई थाँती राखेर त्यल्लाई हामीले राम्रो मान्नु पर्छ। किनकि अघिल्लो सरकारहरु कुनै ५ बर्ष टिकेका छैनन्।

नेपालमाथि दक्षिणको दवाब त सधै भैरहेको छ। नेपालप्रतिको उसको हेराइ अलि फरक खालको छ चीनको जस्तो हैन। तर दक्षिणको हेराइलाई न्युट्रलाइज़ गर्ने ढंगले चीनले कुनै गतिबिधि गर्लाजस्तो मलाई लाग्दैन।

कुराकानीको क्रममा सौरभ भन्छन नेपालीलाई रसबरी पनि आकाशबाट बर्षीएर आफ्नो मुखमा परोस भनेर सोच्छन अनि संसारमा भएको सबै अधिकार नेपालीलाई नै चाहिएको छ, चाहिएको छैन त केवल नेपाल कसैलाई पनि चाहिएको छैन ।

पोखराजस्तो सिटीमा हामी खुल्ला दिशामुक्त क्षेत्र भनेर अंग्रेजीमा पोस्टर राख्छौं . त्यो त सार्है लाजमर्दो कुरा हो। यसले कति हानी गर्छ वा नाफा गर्छ बुझ्ने कुरा हो।

हाम्रो आत्मचेताना हुने कुरा त पातालमै पुगेको छ, पिंधमै पुगेको छ। जनाताजस्तो छ नेता त्यस्तै हुने हो त्यही जनताले भोट हालेर आफ्नु अनुकुलको नेतालाई जिताएर पठाउने हो। औंशीको रातमा कौशीमा उभिंदा जब तारा पनि देखिदैन नेपाली नेताहरु,बुद्धिजिबी भनिएकाहरु, प्राध्यापकहरु देख्दा पनि यति अन्धकार आउँछ कि औंशीले नदिने अन्धकार आउँछ। त्यस्तो स्थितिमा हामी छौं।

नेताको मात्रै कुरा नगरौं नेपालका बुद्धुजिबीहरु नै यस्तो गएगुज्रेको अवस्थामा छन् !

नेपालीहरु सम्पन्न छन् माग्ने छैनन्, नेपालीहरुको दुई रोपनी भए पनि चार आना भए पनि जमिन छ। नेपालीहरुले साथी भाइहरुसंग भेट हुँदा ख्वा भन्दैनन् आफैले मज्जाले खुवाउछ्न। तर नेपालीको मन दरिद्र छ, आशे छ। आशे भएपछी कुरा बिग्रिन्छ, प्रिन्सिपल्मा अड्न सकिन्न।

Loading...
Related Posts
Don't miss it
Editors choice