• बिहीबार ०४, असोज २०७५

पर्वतको कुश्मामा संचालित महिला महोत्सवमा यस्तो भएछ ……

पर्वत । कुश्मामा चलिरहेको १० औं पश्चिमाञ्चल महिला महोत्सवको तेस्रो दिन पनि भजन र रत्यौली प्रतियोगिता चलिरहेको छ । साथमा नृत्य प्रतियोगिता, बक्तृत्वकला प्रतियोगिता पनि चलिरहेको छ । ११ दिनसम्म चल्ने महोत्सवको उद्घाटन बुधबार पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले धमका दिइरहेका छन् । महोत्सवमा पशुपति शर्मा, राधिका हमाल, ज्योति मगर, कस्तुप पन्त, याम परियार, पूर्णकला जिसी, खुमन अधिकारी, कोमल ओली, कृष्ण अखेली, प्रिति आले, पूर्णकला जिसी साथमा हाँस्यकलाकार भद्रगोलको टिम र अन्य कलाकाहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

कार्यक्रममा राष्ट्रिय भलिबल प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय हुनेले क्रमशः नगद १ लाख, ६० हजार र ४० हजार प्राप्त गर्नेछन् । त्यसैगरी ¥याली प्रतियोगितमा प्रथम, द्धितिय, तृतीय हुनेले क्रमश १८ हजार, १२ हजार र ८ हजार प्राप्त गर्ने रेडियोले जनाएको छ ।
त्यस्तै रत्यौली, भजन र विद्यालयस्तरीय नृत्य प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय हुनेले क्रमश नगरद १५ हजार, ८ हजार र ५ हजार पाउनेछन् भने बक्तृत्वकला प्रतियोगिता र शैक्षिक प्रदर्शनीमा उत्कृष्ट हुनले क्रमश नगद ५ हजार, ३ हजार र २ हजार प्राप्त गर्ने उक्त पत्रकार सम्मेलनमा रेडियोले जनाएको छ । कार्यक्रम अबधी भर राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ । कार्यक्रम फागुन २६ सम्म चल्नेछ ।

Loading...
Related Posts
Don't miss it
Editors choice