• सोमबार ११, असार २०७५

१० सडक, जसले फेर्दैछन् मुलुकको मुहार, आर्थिक विकासमा जसले खेल्दैछन् महत्वपूर्ण भूमिका

१) मध्यपहाडी (पुष्पलाल) लोकमार्ग
पहाडी भेगका २५ प्रतिशत जिल्लालार्इ प्रत्यक्ष रुपमा जोड्ने मध्यपहाडी लोकमार्ग निर्माणपछि कम्तीमा ७० लाख पहाडी जनसंख्या लाभान्वित हुने भौतिक पूर्वाधार तथा याताया मन्त्रालयको अनुमान छ। मध्यपहाडी लोकमार्गलार्इ पहाडी क्षेत्रको विकास तथा समग्र मुलुकको आर्थिक समृद्धिको आधार मानिएको छ।
लोकमार्ग निर्माणपछि पहाडी क्षेत्रमा उत्पादन हुने दुध,फलफूल ,तरकारी तथा अन्य खाद्यवालीले उचित बजार पाउनेछन्। जसबाट पहाडी क्षेत्रका किसानहरुको आयस्तरमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। देशको ठुलो हिस्सा पहाडी भूभागले ओगटेको हुनाले यो आयोजनाले त्यस क्षेत्रको अर्थतन्त्र चलायामान हुनेछ।
लोकमार्गमा सरकारले १० वटा नयाँ शहर विकास गर्नका लागि पूर्वाधारको काम निर्माण सुरु गरेको छ। जसले व्यवस्थित शहरीकरणका साथै बसाँर्इसरार्इ न्यूनिकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। कूल १ हजार ७ सय ६५ किमी लामो सडकलार्इ पूर्व र पश्चिम गरि दुर्इ खण्डमा विभाजन गरेर काम भइरहेको छ।
यस लोकमार्गमा पूर्वको पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुङ्गा, उदयपुर,सिन्धुली,काभ्रे र सिन्धुपाल्चोकलाई जोड्नेछ। त्यस्तै काठमाडौ भन्दा पश्चिमका नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, रुकुम, जाजरकोट, दैलेख, अछाम, डोटी, डडेल्धुरा र बैतडी मध्यपहाडी लोकमार्गले समेट्छ। यो मार्गको मध्यविन्दु नुवाकोटलार्इ बनाइने छ।
२) काठमाडौं-तराई मधेश फाष्ट ट्रयाक
काठमाडौ उपत्यकालार्इ तरार्इ मधेशसँग जोड्ने सबैभन्दा छोटो बाटोका रुपमा यो आयोजनालाई हेरिएको छ। करिब ७६ किलोमिटरको यात्रा गरिसकेपछि काठमाडौं र मधेश जोडिनेछ। आयोजना निर्माणपछि तरार्इ मधेशबाट काठमाडौ डेढ घण्टामै पुगिन्छ। फाष्ट ट्रयाक निर्माणपछि काठमाडौं ल्याइने पेट्रोलियम पदार्थको ढुवानीमा मात्रै बार्षिक १० अर्ब रुपैया बचत हुनेछ। त्यसका अतिरिक्त भारतबाट आयात हुने सामानको ढुवानी लागत पनि कम हुनेछ। काठमाडौं उपत्यका र प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल (निजगढ)बीचको दूरी पनि यही आयोजनाले छोट्याउनेछ।
अहिले फाष्ट्र ट्रयाक निर्माणको व्यवस्थापकीय जिम्मेवारी सेनाले पाएको छ। निर्माणको सुनौलो अवसरका रुपमा सेनाले उच्च प्राथमिकतामा राखेर सेनाले काम गरिरहेको सेनाका प्रवक्ता सहायकरथी गोकुल भण्डारीले जानकारी दिए। उनले सेनाले निर्माणका लागि पाएको चार वर्षमै पुरा गर्न प्रतिवद्ब रहेको दाबी गरे।
३) पाँच व्यापारिक मार्ग 
अहिले नेपालबाट भारततर्फ विस्तार भैरहेका पाँचवटा व्यापारिक मार्गहरु पनि उत्तिकै महत्वपूर्ण रहेका छन्। पहिले भारतीय नाकासम्म र त्यसपछि चीनको सीमानासम्म यो आयोजना अघि बढाउने तयारी सरकारको छ। मोहना-अत्तरिया कैलली, बेलहिया-बुटवल रुपन्देही, वीरगञ्ज-पथलैया पर्सा र बारा, जटही-जनकपुर धनुषा र रानी-विराटनगर मोरङ गरि पाँचवटा सडक विस्तार भैरहेका छन्।
आयोजना प्रमुख बलराम मिश्रका अनुसार व्यापारिक मार्ग विस्तारपछि नेपाल र भारतबीच व्यापार र उपभोग्य सामान आयात निर्यातमा सहयोग पुग्ने छ। करिब ९० प्रतिशत सामान भारतबाट आयात गरिने भएकाले यी मार्ग बनेपछि लागत कम हुनेछ।
भारततर्फका पाँच नाकामा जोडिने यी व्यापारिक मार्गहरु महेन्द्र राजमार्गमा आएर जोडिनेछन्। बेलहिया-बुटवल २७ किमी सडकको ६० प्रतिशत, रानी-विराटनगर  ५० किमीमा १५ प्रतिशत, पथलैया-विरगञ्ज २६ किमीमा ४० प्रतिशत, जटही जनकपुर ४० किमीमा १० प्रतिशत प्रगति भएको छ। मोहनारिया-अत्तरिया सडकको प्रगति हुन सकेको छैन। पाचवटै सडक ६ लेनमा ५० मिटर चौडार्इको हुनेछ।
४) कान्ति लोकपथ 
कान्ति लोकपथले काठमाडौलार्इ हेटौँडासँग ९० किमी मात्रैको छोटो दूरीमा जोड्छ। लोकपथ निर्माण पुरा भएपछि २ घण्टामै हेटौँडा पुग्न सकिनेछ। तरार्इ मधेशबाट राजधानी काठमाडौ प्रवेश गर्ने मुख्य मार्ग हेटौडा-नारायणगढ-मुग्लिन-नागढुङगा-कलकीं नै हो। यो मार्ग कान्तिलोकपथको तुलनामा दोब्बर लामो छ। कान्तिलोकपथ निर्माणपछि यात्रुको समय र सवारी साधनमा प्रयोग हुने इन्धन दुबै बच्ने छ।
नेपाली सेनाले २०१३ सालमा ट्रयाक खोलेको यो सडक लामो समय ओझेलमा परेको थियो। आयोजनाका अनुसार २०५९ सालमा काठमाडौं-हेटौडा जोड्ने छोटो दुरीको यो मार्गलार्इ वैकल्पिक रुपमा विकास गर्न कोरिया सरकारको सहयोगमा विस्तृत परियोजना प्रतिवेदन तयार पारिएको थियो। २०७५ असारमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भैरहेको आयोजनाले जनाएको छ।

५) नारायणगढ-मुग्लिन (एसियन हार्इवे) 
राजधानीको लाइफलाइनको रुपमा रहेको नारायणगढ-मुग्लिन सडक खण्ड आर्थिक र सामाजिक रुपले महत्वपूर्ण सडक आयोजना हो। चीन हुँदै नेपालको कोदारी राजमार्गबाट काठमाडौ हुँदै वीरगञ्जबाट भारतको मुज्जफरपुर जोड्ने यो सडक एसियन हाइवेको एक खण्ड हो । यो सडक निर्माणपछि उपत्यका प्रवेश गर्न सहज त हुने नै छ त्योसँगै सामान ढुवानीका लागि पनि सहज हुने छ। भारतबाट आयात गरिने पेट्रोलियम पदार्थ लगाएतका सबैजसो सामान यहि बाटो भएर राजधानी ल्याइन्छ।
यो सडक खण्ड नेपालको अत्यन्तै व्यस्त सडकमध्ये एक हो। दैनिक ८ हजारभन्दा धेरै सङ्ख्यामा साना तथा ठुला गाडी गुड्ने यो सडक २०७१ साल चैतबाट विस्तार तथा स्तरोन्नती थालिएको हो। पछिल्लो संशोधित तालिका अनुसार २०१८ को अन्त्यसम्ममा सम्पन्न गर्ने आयोजनाको दाबी छ।
६) तीन नदी करिडोर
कोशी, कर्णाली र कालीगण्डकी करिडोरलार्इ पनि देशका लागि महत्वपूर्ण सडक आयोजनाका रुपमा हेरिएको छ। यी तीन करिडोरले निर्माण पुरा भएपछि उत्तर(चीन) र दक्षिण(भारत)लार्इ जोड्नेछन्।
कोशी करिडोरले तेह्रथुम जिल्लाको बसन्तपुरदेखि उत्तरी सिमाना किमाथांकासम्मको १ सय ६२ किलोमिटर सडक निर्माण गर्ने लक्ष्य लिएको छ। कोशी करिडोर विराटनगर-इटहरी-धनकुटा-लेगुवाघाट-खाँदवारी हुदै किमाथांकासम्म जोडिने छ। यसको लम्बाइ ३ सय ९० किलोमिटरको छ।
कर्णालीको विकासको मेरुदण्ड मानिएको कर्णाली करिडोर निर्माणपछि कर्णालीको विकास हुने तथा यहा उत्पादित स्याउ, सिमी, जडिबुटीलगायतका वस्तुहरुको बजारीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। उत्तर-दक्षिण जोड्ने व्यापारिक मार्ग भएकाले कर्णाली संगसंगै समग्र देशको आर्थिक विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यो सडक भारतको रुपैडिया नाकाबाट सुरु भइ कालीकोटको खुलालु, लैफु-बाजुराको गोत्री, बाधु र रुगिन गाविस जोड्नेछ। यस्तै हुम्लाको मैला गाविसबाट सुरु भएर सिमिकोट हुँदै चीनको तिब्वतसँग जोडिने भएकाले यसलाइ कर्णाली विकासको मेरुदण्ड मानिएको छ।
व्यापारिक र पारवहनका हिसाबले कालीगण्डकी करिडोरलाई महत्वपूर्ण मानिएको छ। राष्ट्रिय गौरवको यो सडकले नेपाल-भारत सीमानाको सुनौली र नेपाल-चीनको कोरला नाका जोड्छ। कूल ४ सय ३५ किलोमिटर लामो यो सडकको तीव्र गतिमा काम अघि बढिरहेको छ।
७) दार्चुला-तिंकर सडक 
प्रत्येक वर्ष प्राथमिकता पाउने त्रिदेशीय नाका जोड्ने दार्चुला-तिंकर सडक आर्थिक विकासको हिसावले महत्वपूर्ण सडक आयोजना हो। यो सडक निर्माणपछि तिब्बत स्थित मानसरोवर जाने, तिकंरस्थित तिब्बतसँगको भन्सार सुरु गर्ने, राष्ट्रिय सडक सञ्जालमा जोडिने दार्चुलाबासीको वर्षौंदेखिको सपना पुरा हुनेछ ।उत्तरी छिमेकी देश जोड्ने भएकाले यो सडक आयोजनालार्इ पनि राष्ट्रिय महत्व दिएर अघि बढाइएको छ।
आर्थिक वर्ष २०७५/०७६ मा सम्पन्न गर्ने लक्ष्य राखिएपनि समयमा काम नहुँदा आयोजना १० वर्षपछि धकेलिएको सडक विभागका अधिकारीहरु बताउँछन्। विनियोजित बजेट वर्षेनी फ्रिज हुँदा आयोजना पछाडि धकेलिएको हो।
८) हुलाकी राजमार्ग 
 हुलाकी राजमार्ग तरार्इका सबैजसो जिल्ला र भारतीय सीमाना जोड्ने सडक हो। तरार्इका २० जिल्लाको आर्थिक विकासमा यसले सहयोग पुर्यातउने अपेक्षा लिएको छ। आर्थिक वर्ष २०६२/०६३ बाट मात्रै निर्माणले गति लिएको हुलाकी राजमार्ग आयोजनाले जनाएको छ।
यो राजमार्गको सबै सडक जोड्दा कुल लम्बाइ १ हजार ७ सय  ९२ किलोमिटर हुनेछ। आर्थिक वर्ष २०७७/०७८ मा सम्पन्न गर्ने लक्ष्य राखिएको हुलाकी राजमार्ग आयोजनाले जनाएको छ।
९) गल्छी-रसुवागढी
गल्छी-रसुवागढी सडक नेपालका लागि एक महत्वपुर्ण आयोजना हो। चीन र भारत जोड्ने र राजधानी काठमाडौंबाट सबैभन्दा नजिक भएकाले यो आयोजनालाई महत्वपूर्ण मानिएको छ। पृथ्वीराजमार्गस्थित धादिङको गल्छीबाट सुरु भएर देवीटघाट-त्रिशुली-मैलुङ-स्याफ्रुवेशी-रसुवागढी हुँदै चीनको केरुङ प्रवेशद्धारसम्म जोडिने सडक ८२ किमी लम्बार्इको हुनेछ। अहिले यो सडक युद्धस्तरमा निर्माणको काम भैरहेको आयोजनाले जनाएको छ।
चीनसंग जोडिएको सबैभन्दा ठुलो तातोपानी नाका भूकम्पले क्षति पुर्या।एपछि अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन। नेपाल र चीनबीच यही नाका हुँदै रेल विस्तारको योजनासमेत अघि बढिरहेको छ। भारतले नाकाबन्दी लगाएको बेला चीनबाट सरकारले यही बाटो हुँदै पेट्रोल आयात पनि गरेको थियो।
१०) धरान-चतरा-हेटौडा
महेन्द्र राजमार्गको विकल्पको रुपमा एक र तीन नम्बर प्रदेश जोड्ने राजमार्ग हो यो। हेटौँडाबाट सुरु भएर भित्री मधेश, चुरे, शिवालिक तथा दुन उपत्यकालाइ धरानसँग जोड्ने यो सडक ३ सय १८ किलोमिटर लामो छ। सडकलाइ पूर्व र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरिएको छ। उदयपुरको बसहादेखि सिन्धुलीको भिमानसम्मको १ सय ३५ किलोमिटर र र भिमानदेखि हेटौँडासम्मको १ सय २५ किमी सडकलाई  दुई खण्डमा बाँढेर काम भइरहेको छ। bizmandu
Loading...
Related Posts
Don't miss it
Editors choice