• बुधबार ३१, असोज २०७५

अर्थमन्त्री खतिवडाको एउटा निर्देशनले २४ घण्टामै दियो यस्तो नतिजा, एकै दिनमा……

विराटनगर। सोमबारबाट अर्थमन्त्रीको रुपमा काम थालेका डा. युवराज खतिवडाले राजस्व सचिव र भन्सा विभागमार्फत सम्पूर्ण भन्सार कार्यालयलाई निर्देशन दिए, सन्दर्भ मूल्यसूची (रिफरेन्स भ्यालु) भन्दा कम हुने गरी भन्सार मूल्य निर्धारण नगर्नु। अर्थमन्त्रीको यो निर्देशन मंगरबार सम्पूर्ण कार्यालयमा सर्कुलेट भयो।
मन्त्री खतिवडाले दिएको निर्देशनको प्रभाव २४ घण्टाभित्रै देखियो। बुधबार देशभरका भन्सार विन्दूबाट कूल १ अर्ब २२ करोड रुपैयाँ राजस्व संकलन भयो। भन्सार विन्दूहरुबाट एकै दिनमा संकलन भएको यो परिमाणको राजस्व अहिलेसम्मकै उच्च भएको भन्सार विभागका अधिकारीहरुले बताएका छन्।
मन्त्री खतिवडाले भन्सार विन्दूमा मालवस्तुको घोषणा गर्दा न्यून मूल्य देखाएर कर छली हुने गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न सन्दर्भ मूल्यसूचीकै आधारमा मूल्यांकन गर्न निर्देशन दिएका थिए।
‘भन्सारमा हुने विभिन्न किसिमका कमजोरीमध्ये एउटा न्यून मूल्यांकन पनि हो, अहिले त्यसैको नियन्त्रणका लागि हामीले काम गरिरहेका छौँ,’ भन्सार विभागका उपपमहानिर्देशक श्रीकृष्ण नेपालले भने, ‘अन्य जोखिमहरु देखिए भने त्यसको नियन्त्रणका लागि पनि भविष्यमा थप कदम चाल्नेछौँ।’
सरकारले चालु आर्थिक वर्षमा ७ खर्ब ३० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ। त्यसमध्ये भन्सार विभागलाई ३ खर्ब २६ अर्ब अर्थात करिब ४५ प्रतिशत असुलीको लक्ष्य दिइएको छ। यद्यपि माघ मसान्तमा भन्सार विन्दूहरुबाट लक्ष्यको तुलनामा ९५ प्रतिशत मात्रै राजस्व संकलन भएको छ।
‘अहिले पनि हामी लक्ष्यभन्दा पछाडि छौँ, एकातर्फ लक्ष्य भेट्टाउनुपर्ने चुनौती छ भने अर्कोतर्फ अबका महिनाको लक्ष्य पुरा गर्नुपर्ने चुनौती पनि छ,’ उनले भने, ‘त्यसका लागि अब दैनिक एक अर्ब रुपैयाँभन्दा धेरै राजस्व संकलन गर्नुपर्ने हुन्छ।’
Loading...
Related Posts
Don't miss it
Editors choice