• बुधबार ०४, पुष २०७५

ज्योती मगरले हाेलीमा गर्न नहुनेकाम गरेपछि (एकाएक भिडियो भार्इरल)

काठमाडौ। ज्योती मगरको नामसँगै जोडिन्छ ‘ग्ल्यामर’ । धेरैले उनलाई ‘भल्गर’ रुपमा पनि ब्याख्या गरिदिन्छन् । ज्योती भने वास्तविकतामा आफू त्यस्तो नभएको बताउँछिन् । र थुप्रै ‘स्टेज पर्फमेन्स’मा भेट हुने दर्शकहरु ज्योतीको यथार्थ बुझेपछि प्रशंसक नै हुने उनको अनुभव छ । ‘जति आलोचना गरे पनि वास्तविक प्रस्तुती देखेपछि उहाँहरुले प्रशंसा गर्नुभएकै छ,’ उनले भनिन्, ‘कतिले त हामीले सोचेजस्तो नराम्रो रहेनछ भनेर भावुक हुँदै अंगालो हाल्नुभएको छ ।’ चर्चित गायिका तथा ‘ईन्टरटेनर’ ज्योती मगर पछिल्लो साताको एक साँझ नेपालआजको स्टुडियोमा आएर अन्तरवार्ता दिएकी छन् । यस क्रममा उनले आफ्ना थुप्रै रहस्य खुलासा गरिन् ।

भलाद्मी हुन मन छ

ज्योतीको प्रस्तुतीमाथि धेरैले भद्दा प्रतिक्रिया पनि दिने गर्छन् । उनले पनि यसपटकको अन्तरवार्ता भलाद्मी हुन मन लागेको बताइन् । त्यसो त, उनको दैनिक जीवनशैली पनि कुर्तासुरुवाल वा गुन्युचोली लगाउने किसिमको छैन । घरमै बस्दा पनि उनी निस्फिक्री शैलीमै हुन्छिन् । तर भलाद्मी देखिनेहरुबाटै खतरा रहेको भन्दै आफू भित्र जस्तो छ बाहिर पनि उस्तै रहेको उनको दाबी छ ।

समाजमा इमानदारी र अनुशासित देखिनेहरुले नै खराब काम गरेको उदाहरण दिँदै ज्योतीले आफू भद्दा देखिए पनि असल रहेको बताइन् । उनले भनिन्, ‘बरु मुन्द्रा लाउने, अलिक हेर्दै डरलाग्दो केटाहरुले केटी पनि जिस्काउँदैन । तर जो सुटेट बुटेट र इमानदार देखिन्छ नी, उसैले अँध्यारोमा केटी जिस्काउँछ ।’

नेताहरुबाटै अभद्र व्यवहार

ज्योतीले हालै एक कार्यक्रममा साथीसँगै रहँदा देशका सार्वजनिक छवि बोकेको मन्त्रीस्तरीय व्यक्तिले नै यौनजन्य दुव्र्यवहार गरेको ज्योतीको दाबी छ । हामीले पटक पटक प्रश्न गर्दा पनि उनले ती व्यक्तिको नाम भने खुलाउन चाहिनन् । केही साताअघिको एक साँझको कार्यक्रममा उनले आफूलाई ती नेताले यौनजन्य हिंसा गरेको बताइन् । इमानदार देखिनेहरु जब बन्द कोठामा पुगेपछि उनीहरुको अशलियत थाहा हुने भन्दै त्यस्तो दोहोरो चरित्रप्रति नराम्रो लाग्ने उनको अनुभव छ । प्रस्तुतीको क्रममा ठूला ब्यापारीले समेत यौनजन्य हिंसा गर्न उद्यत रहेको देखेको उनले सुनाइन् । ‘एक ठाउँमा ठूलै शो भएको थियो ।

एउटा भयङ्कर पैसा भएको ब्यापारीले गरेको सेमिनारमा मैले गीत गाएँ । त्यहाँ मेरो गीत कस्तो, स्वर कस्तो मतलब छैन । बस् अब देखाउँछे त्यो मात्र मतलब गर्ने !’ यद्यपि आफू ‘चप्पल उठाउने पाराको केट’ नभएर चलाखीपूर्ण रुपमा त्यस्ता कुरालाई पन्छाउनसक्ने उनले बताइन् । साथै प्रहरीकहाँ उजुरी गर्नैपर्ने अवस्था अहिलेसम्म नआएको पनि उनको भनाइ थियो । रक्सी अनुभवज्योती रोल्पाको मगर परिवारमा जन्मेकी हुन् । उनको समुदायमा रक्सीलाई विभिन्न पूजाआजामा पनि प्रयोग गर्ने चलन छ ।

ज्योतीको आफ्नै पनि रक्सी सेवन गर्ने आदत छ । साथीभाइसँग बस्दा विभिन्न कार्यक्रममा रक्सी पिएरका धेरै याद उनले हामीलाई सुनाइन् । केहिले त उनले रातैभरी रक्सी पिएर बिताएको पनि सुनाइन् । यतिसम्म कि १० घण्टासम्म साथीहरुसँग रक्सी पिएका घटना नेपालआजलाई उनले ‘शेयर’ गरेकी छन् । तर रक्सी पिएर पनि आफ्नो बानी खराब नहुने उनको अनुभव छ । बरु रोमान्टिक बन्नेगरेको बताइन् । नेपाल आजबाट

Loading...
Related Posts
Don't miss it
Editors choice