• बुधबार ०४, पुष २०७५

संघीय संसदको पहिलो बैठक बस्ने दिन किन अाउदैँछन् पाकिस्तानी प्रधानमन्त्री काठमाडौं ?

काठमाडौं :  संघीय संसदको पहिलो बैठक बस्ने दिन पाकिस्तानी प्रधानमन्त्री शाहिद खाकान अब्बासी काठमाडौं आउन लागेका छन् ।

संघीय संसदको पहिलो बैठक फागुन २१ गते बस्न लागेको दिन नै पाकिस्तानी प्रधानमन्त्री अब्बासी काठमाडौँ आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

काठमाडौंस्थित पाकिस्तानी दूतावासले प्रधानमन्त्री अब्बासी नेपाल आउन लागेको पुष्टि गरेको छ । पाकिस्तानी दूतावास अनुसार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन पाकिस्तानका प्रधानमन्त्री अब्बासी काठमाडौँ आउन लागेका हुन्।

ओलीलाई बधाई दिनका लागिमात्र उनी नेपाल आउन लागेको बताइएको छ । तर, उनको कार्यक्रम तथा भेटघाट तालिकाबारे भने औपचारिक रुपमा जानकारी नआइसकेको पाकिस्तानी दूतावास जनाएको छ ।

दक्षिण एसियलाी सहयोग संगठन (सार्क) को अध्यक्षताका रुची देखाएको पाकिस्तानका प्रधानमन्त्री सत्ता परिवर्तनपछि नेपाल आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

१८ औं शिखर सम्मेलन आयोजना गरेकाले हालसम्म नेपालले सार्कको अध्यक्षता गर्दै आएको छ। अब सार्कको अध्यक्षता ग्रहण गर्ने पालो पाकिस्तानको हो।

Loading...
Related Posts
Don't miss it
Editors choice