• बिहीबार १३, बैशाख २०७५

पत्रकारलाई ११ हजारको खसी

दाङ, फागुपर्वका अवसरमा रेडियो ‘हाम्रो पहुँच’ तुलसीपुरको आयोजनामा बिहीबार भएको खसीकप मैत्रीपूर्ण फुटबल प्रतियोतिताको उपाधि पत्रकारको समूहले जितेको छ ।

रेडियो हाम्रो पहुँच र तुलसीपुरमा रहेका पत्रकारबीच भएको प्रतियोगितामा पत्रकार समूहले ६–२ गोल अन्तरले खेल जितेको हो । पुरस्कारका लागि समाजसेवी तुलसीपुर निवासी टोपबहादुर महतराले ११ हजार मूल्य बराबरको खसीको व्यवस्था गरेका थिए ।
विजयी टोलीलाई रेडियो हाम्रो पहुँचका अध्यक्ष शुक्रराज भण्डारी र समाजसेवी महतराले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

Loading...
Related Posts
Don't miss it
Editors choice