• शनिबार ०५, साउन २०७५

ओलीले आफ्नै बचन तोडे, योगेश र गोकर्णलाई मन्त्री नबनाउने

काठमाडौँ । ‘योगेशलाई तपाई जिताएर पठाउनुहोस, म मन्त्री बिल्ला भिराएर फर्काउँछु ।’ चुनावी सभाका क्रममा कात्तिक १९ गते ताप्लेजुङको सदरमुकामस्थित तक्मेबजारमा सभालाई सम्वोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए । अध्यक्ष ओलीले योगेशको खुलेर प्रंशसा गर्दै भनेका थिए् ‘यस्तो युवा, यस्तो अनुभवी, यस्तो तेजतगार, पार्टीले विश्वास गरेको, मैले विश्वास गरेको, देशले विश्वास गरेको, ताप्लेजुङको जनताले विश्वास गरेको युवा मतिष्क र युवा काँध र युवा हातले ताप्लेजुङ बनाउदैन होला र ? तपाईहरू ढुक्क हुनहोस् माथि म छु, योगेश यहाँ छ ।’

ओलीको सम्वोधनपछि एमाले युवा नेता तथा सचिव भट्टराईलाई भावी प्रधानमन्त्रीका रुपमा हेरिएको थियो । सरकारले पूर्णता पाइनसकेकाले अहिले पनि उनलाई भावी मन्त्रीका रुपमा हेरिएको छ । तर, अब चुनावी सभामा मन्त्रीपक्का बनाउने बचन दिएका ओलीले नेता भट्टराईलाई मन्त्री भने नबनाउने भएका छन् । उनले आफुसँगै ‘जोरी’ खोजेको भन्दै मन्त्री नबनाउने आफु निकटस्थ नेतासँगै नेता माधवकुमार नेपाललाई समेत भनिसकेका छन् ।

सोमबार एमाले नेता नेपालले भट्टराई मन्त्री बनाउन अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई प्रस्ताव गरेका थिए । तर, ओलीले उनलाई मन्त्री नबनाउने जवाफ दिएर फर्काए । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा एमाले नेता नेपालले युवा र सम्भावना भएको नेता भएकाले भट्टराईलाई मन्त्री बनाउन भनेका थिए । तर, ओलीले हुन्न भने ।

अध्यक्ष तथा प्रधानमन्त्री ओली र नेता नेपालबीचको सम्वाद उदृत गर्दै ओलीको सचिवालयका एक सदस्यले भने, ‘माधवकमरेडले केही नेतालाई मन्त्री बनाउने प्रस्ताव गरेका थिए तर ओलीले हुन्न भने । भट्टराईका विषयमा त खरो टिप्पणी गरे ।’ नेपालले प्रस्तावमा ओलीको जवाफ थियो ‘भट्टराईलाई म मन्त्री बनाउदिन् । बुढाहरुको काम छैन भन्दै हिड्छ । मन्त्री बन्न कसैका ढोकामा पनि चाहार्दिन भन्छ रे । मलाई नै चुनौती दिएपछि म कसरी मन्त्री बनाउनु । उनलाई अब मन्त्री बनाउदिन ।’

भट्टराईका विषयमा दिएको जवाफपछि नेता नेपालले सचिव गोकर्ण विष्टलाई मन्त्री बनाउन प्रस्ताव गरेका थिए । उनी एकपटक मन्त्री भइसकेकाले उनलाई पनि मन्त्री नबनाउने बताए । त्यसपछि नेता नेपाल थप छलफल नगरि फर्किएका थिए ।

Loading...
Related Posts
Don't miss it
Editors choice