• शनिबार ०८, बैशाख २०७५

२००७ सालदेखिको ईतिहास फेर्दे ओलीले गरे यस्तो शुरुवात

काठमाडौ, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले २००७ साल देखि शुरु भएको ईतिहास फेर्ने तयारी गरेका छन्। यसको शुरुवात मन्त्रीहरुको मर्यादाक्रमबाट हुने भएको छ। बालुवाटार स्रोतका अनुसार ओलीले यसअघि तय हुने मन्त्रीहरुको मर्यादाक्रमलाई मन्त्रिपरिषदले तय गर्ने गरी हेरफेर गर्ने योजना बनाएका छन्।

पंचायतकाल देखि गणतन्त्र आउँदासम्म पनि मन्त्रीहरुको बरियता एकै मापदण्डमा तय हुन्थ्यो। कर्मचारीतन्त्रको फन्दामा परेर विभिन्न सरकारले यसैलाई अवलम्बन गर्दै आएका थिए। प्रधानमन्त्री वा मन्त्रीमा नियुक्त भएर कार्यकक्षको कुर्सीमा बसेपछि एउटा फाईल सदर गर्नु उनीहरुको कर्तव्य जस्तै भएको थियो। मन्त्रीहरुको मर्यादाक्रम पनि यस्तै  परम्परा थियो।

तर मंगलबार सरल पत्रिकाले रक्षा मन्त्री ईश्वर पोखरेलको मर्यादाक्रमको  समाचार प्रकाशित गरेपछि यो बिषय प्रधानमन्त्रीसँग समेत छललफल भएको बालुवाटार सम्बध्द स्रोतले बतायो। पुरानो मर्यादाक्रम अनुसार फोरम अध्यक्ष उपेन्द्र यादव सरकारमा गए प्रधानमन्त्री पछि दोस्रो बरियताका रक्षा मन्त्री पोखरेल तेस्रोमा सर्नुपर्ने थियो।

 प्रधानमन्त्री ओलीले बिशेष अधिकार प्रयोग गर्दै लामो ईतिहासलाई ब्रेक गर्ने भएका छन्। उनले पार्टीको साईज, नेताको पार्टीगत तह लगायतकाल बिषय हेरेर मन्त्रिपरिषदले मन्त्रीहरुको मर्यादाक्रम तोक्न नयाँ मापदण्ड बनाउने तयारी गरेका छन्। यसरी मर्यादाक्रम तोकियो भने रक्षामन्त्री पोखरेलले तेस्रो स्थानमा सर्नुपर्ने छैन ।

एमाले अध्यक्ष समेत रहेका ओलीले  प्रधानमन्त्री पछिको मर्यादाक्रममा रहने गरी   महासचिव पोखरेलाई रक्षा मन्त्री नियुक्त गरेका थिए। तर फोरमको तर्फबाट उपेन्द्र यादवलाई सरकारमा सहभागि गराउने भएपछि पुरानो बरियताक्रमको मापदण्ड अनुसार पोखरेल तेस्रोमा झर्ने भएपछि ओलीले नयाँं मापदण्ड तयार गर्न लागेको स्रोतले बतायो। रक्षा मन्त्री निकट स्रोतले भन्यो – ‘सरल पत्रिकामा मापदण्डका बिषयमाा समाचार आएपछि हामीलाई सचेत बनायो, अव पोखरेल जो जो आएपनि प्रधानमन्त्री पछिको दोस्रो मन्त्री हो।’

Loading...
Related Posts
Don't miss it
Editors choice