• बुधबार ३१, असोज २०७५

सभामुख अधिकारीले भने–‘स्थानीय तहको नियन्त्रण गर्ने कानून बन्दैछ’

 पर्वत । स्थानीय तहले मनलाग्दी निर्णय गरेको विषयमा स्थानीय तहलाई नियगमन गर्ने गरी प्रदेश सरकारले कानून निर्माण गर्ने प्रदेश न ४ का सभामुख नेत्रनाथ अधिकारीले दावी गरेका छन ।

स्थानीय तहका प्रमुखहरुले आफूहरु स्वायत्त भएकाले माथिल्लो निकायको निर्देशन र कानून मान्नुनपर्ने बताईरहेको बेला प्रदेश सभामुख अधिकारीले स्थानीय तहलाई तह लगाउनका लागि आफूहरुले कानून निर्माण गर्न लागेको बताएका हुन ।

मंगलबार पर्वत सदरमुकाम कुश्मा बजारमा आयोजीत संक्षिप्त पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सभामुख अधिकारीले प्रदेश सरकार भन्दा स्थानीय तहहरुले धेरै अधिकार प्रयोग गर्न नपाउने संवैधानिक ब्यवस्था भएकाले सोहि बमोजीमको कानून आफूहरुले निर्माण गर्ने दावी गरे ।

पर्वतका कतिपय स्थानीय तहहरुले माथिल्लो सरकारको निर्देशन र पत्रको अममूल्यन गर्ने गरेको प्रश्नमा सभामुख अधिकारीले प्रदेश सरकारले कानून निर्माण नगर्दा समस्या परेको बताउँदै कानूनले सवै स्थानीय तहहरुलाई नियमगन गर्ने बताएका हुन ।

प्रदेश सरकारको आवश्यकता नभएको विषयमा अधिकारीले संविधानले नै तोकेमोजीम प्रदेश सरकारले भूमिका खेल्ने बताए ।

सरकार गठन र कानून निर्माण कार्य संविधानले तोकेबमोजीम गर्ने बताउँदै अधिकारीले प्रदेश सभाले ‘विजनेस’ नपाएका कारण वैठकमा ढिलाई भएको समेत खुलासा गरे ।

Loading...
Related Posts
Don't miss it
Editors choice