• शनिबार २९, मङि्सर २०७५

अवैध बालुवा उत्खनन्मा संलग्न ट्रिपर र स्काभेटर पर्वत प्रहरीको नियन्त्रणमा

पर्वत 

कालीगण्डकी नदीमा अबैध ढंगले बालुवा उत्खनन् गरिरहेको अवस्थामा एक ट्रिपर सहित स्काभेटर मंगलबार पर्वत प्रहरीले नियन्त्रणमा लिएको छ ।

कुश्मा नगरपालिका–१ राजाको बगर स्थित कालीगण्डकी नदिमा अबैध रुपमा बालुवा उत्खनन् गरिरहेको अवस्थामा जलजला कन्टक्सन कम्पनीको बा २ क ५१३१ नम्बरको स्काभेटर, बा ४ ख ३५६० र बा ४ ख ८७३४ नम्बरका ट्रिपर सहित तीन जना चालकलाई जिल्ला प्रहरी कार्यालय पर्वतले नियन्त्रणमा लिएको हो ।

साथै सोही स्थानबाट गत शनिबार एक स्काभेटर सहित ध १ त २०९ नम्बरको ट्याक्टर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक दिलिप थापाका अनुसार खोलाको बीच भागमा बालुवा उठाईरहेका साधनहरु र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यसरी नियन्त्रणमा लिएका साधनहरुलाई जिल्ला समन्वय समितिमा बुझाउने प्रक्रियामा रहेको थापाले जानकारी दिनुभयो ।

प्रहरीले अबैध रुपमा उत्खनन् गर्न नदिने र त्यस्तो पाएमा नियन्त्रणमा लिने भएपनि कारवाही गर्न नपाउने भएकाले जिल्ला समन्वय समितिमा बुझाउने उहाँले बताउनुभयो । तर जिल्ला समन्वय समितिले भने यस अघी पनि सामान्य जरिवाना गरेर छाड्ने गरेको पाईएको छ ।

तस्बिर:  जिल्ला प्रहरी कार्यालय, पर्वत

Loading...
Related Posts
Don't miss it
Editors choice