• बिहीबार ०३, साउन २०७५

मन्त्री परिषद् बिस्तार हुने, को को बन्ने भए मन्त्री ? सूची सहित

फाईल तस्बिर

काठमाडौं ।

बुधबार प्रदेश ३ को मन्त्रिपरिषद विस्तार हुने भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले एमालेबाट मन्त्री बन्नेहरुको लिष्ट पाईसकेको बताएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यसँग समन्वय गरेर बुधबार मन्त्रिपरिषद विस्तार गर्न लागिएको बताईएको छ । मुख्यमन्त्री ७ मन्त्रालयमध्ये आन्तरिक मामिलामा माओवादीका शालिकराम जमरकट्टेल र भौतिक पूर्वाधार मन्त्रीमा एमालेको केशव स्थापित नियुक्त भइसकेका छन् ।

अब एमालेले तीनओटा मन्त्रालय पाउनेछ भने माओवादीले एक मन्त्रालय पाउने सम्भावना छ ।  वाम गठबन्धनले ३ नम्बर प्रदेशमा बढीमा ११ सदस्यीय मन्त्रिपरिषद गठन गर्ने सहमति गरिसकेका छन् ।

एमालेबाट अरुण नेपाल, कैलाश ढुंगेल र दावादोर्जे लामाले बुधबार सपथग्रहण गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ । माओवादीबाट कुमारी मोक्तान, राजकाजी महर्जन र विशाल खड्कामध्येबाट मन्त्री बनाउन लागिएको स्रोतले जनाएको छ ।
यता एमाले प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यले भने प्रदेश सरकार र मुख्यमन्त्री प्रदेश कमिटीको समन्वयमा चल्नुपर्ने भन्दै मन्त्री र अन्य नियुक्तिका नाम प्रदेश कमिटीबाट अनुमोदन हुनुपर्ने बताएकी छन् । शाक्य पोलिटव्यूरो सदस्यद्वय पशुपति चौलागाई र अरुण नेपाललाई मन्त्री बनाउने पक्षमा रहेको बताएको छ ।

एमालेको भागमा अर्थ तथा योजना,सामाजिक मामिला र कृषि,सहकारी तथा भूमिसुधार मन्त्रालय छन् ।

Loading...
Related Posts
Don't miss it
Editors choice