• शनिबार ०८, बैशाख २०७५

नबराज सिलुवाल गृहराज्यमन्त्री बन्दै, यस्तो छ प्रधानमन्त्री ओलीको तयारी

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वडीर्आजी समेत रहेका सांसद नवराज सिलवाललाई गृहराज्यमन्त्री बनाउन छलफल सुरु गरेका छन् ।

ललितपुर–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद सिलवाललाई गृह राज्यमन्त्री बनाउन प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग समेत छलफल गरेको ओली निकट एक स्रोतले जानकारी दियो । स्रोतका अनुसार माओवादी नेता रामबहादुर थापा बादलले गृह मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै ओलीले प्रचण्ड र बादलसँग सिलवाललाई गृह राज्यमन्त्री बनाउने प्रस्ताव गरेका हुन् । अर्कोपटकको मन्त्रिमण्डल विस्तारका क्रममा सिलवाललाई गृह राज्यमन्त्रीको सपथग्रहण गराउने तयारीमा प्रधानमन्त्री ओली रहेको बालकोट स्रोतले बतायो ।

यता माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र गृहमन्त्री बादल भने गृह मन्त्रालय आफ्नो पार्टीको भागमा परेपछि राज्यमन्त्री पनि आफुहरुले पाउनुपर्ने अडानमा छन् । एउटै मन्त्रालयअन्तर्गत मन्त्री र राज्यमन्त्री फरक–फरक पार्टीको हुँदा समस्या हुने माओवादीको निश्कर्ष छ ।

डिआईजीको कार्यसम्पादन मूल्यांकन किर्ते गरेको अभियोगमा पक्राउ पुर्जी जारी गरेपछि सिलवाल पछिल्लो समय भूमिगत अवस्थामा छन् । उता माओवादीका तर्फबाट सरकारको नेतृत्व गरेका गृहमन्त्री रामबहादुर थापा बादलले गृहमन्त्रालयमा कार्यभार सम्हाल्दै करिब २० मिनेट अर्तिउपदेश दिएका छन्।

उनले गृह मन्त्रालयका कर्मचारीहरुलाई राखेर २० मिनेटसम्म अर्तिउपदेश दिएका थिए। उनले राजनीतिक स्थायित्व सरकारको पहिलो प्राथमिकता रहेको बताएका थिए। उनले शन्ति सुशासन कायम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए।

उनले गृहमन्त्रालयका हरेक सदस्यले शान्ति सुरक्षाको अवस्था सुधार्न ठूलो भूमिका खेल्ने आशा पनि गरेका थिए। उनले भने, ‘शान्ति सुरक्षा व्यवस्था मजबुत बनाउन तपाईँ हामी मिलेर अघि बढ्नुपर्छ,’ उनले भने। नेपालमा शान्ति सुरक्षाको अवस्था मजबुत भयो भने अरुले पनि त्यसबाट पाठ सिक्ने उनले बताए। उनले विगतमा गृह मन्त्रालयमा रहेका मन्त्रीहरुले राम्रो काम गरेको र आफूले त्यसलाई पूर्णयता अवलम्बन गर्ने पनि बताए।

 

Loading...
Related Posts
Don't miss it
Editors choice