• बिहीबार १३, बैशाख २०७५

उपेन्द्र यादव सरकारमा सहभागी हुने भएसँगै रक्षामन्त्री ईश्वर पोखरेललाई तनाव……

काठमाडौं ।

सोमबार मात्र रक्षा मन्त्री नियुक्त एमाले महासचिव ईश्वर पोखरेलको बरियताक्रम खतरामा परेको छ। प्रधानमन्त्री पछिको दोस्रो बरियतामा भन्दै उनलाई शपथ गराईए पनि त्यो सधैं कायम हुनेमा शंका उत्पन्न भएको छ।

यतिबेला प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले दुई तिहाई बहुमतको सरकार बनाउन प्रयास गरिरहेका छन्। मंगलबारसम्म भएका छलफलमा संघीय समाजवादी फोरम  सरकारमा सामेल हुने संभावना बढेर गएको बताईएको छ। उसले एक मन्त्री र एक राज्यमन्त्री माग गरेकाले यसमा प्रधानमन्त्री र माओवादी अध्यक्ष पुष्पकमल दाहालवीच सल्लाह भएर निर्णय हुन बाँकी रहेको थाहा भएको छ ।

 दुइ नेतावीच सहमति भएमा पराराष्ट्र मन्त्री लिएर सरकारमा फोरम अध्यक्ष उपेन्द्र यादव जाने तयारीमा छन्। यसो भयो भने मर्यादाक्रम अनुसार यादव प्रधानमन्त्री पछिको दोस्रो स्थानमा रहने छन् । अहिले दोस्रो बरियतामा रहेका एमाले महासचिव पोखरेल यादवको सहभागिता पछि तेस्रो स्थानमा सर्ने छन्। उनी प्रधानमन्त्री पछिको मन्त्री हुने वा नहुने भन्नेमा फोरमको सहभागितामा निर्भर हुन्छ।

मन्त्रिपरिषद वा प्रधानमन्त्रीले मन्त्रीहरुको बरियता तोक्ने प्रचलन छैन। स्थापित मापदण्ड अनुसार अघिल्ला सरकारमा सहभागी भएको र  कतिपटक मन्त्री बनेको भन्ने संख्यालाई गणना गरेर आधार बनाउने गरिएको छ । यसरी गणना हुँदा उपेन्द्र यादव सरकारमा सहभागी भए पोखरेलको बरियता सरेर तेस्रो स्थानमा पुग्ने छ।

मर्यादाक्रममा दोस्रो स्थानमा रहने मन्त्री नै प्रधानमन्त्रीको अनुपस्थितिमा कार्यबाहक प्रधानमन्त्री हुने संवैधानिक व्यवस्था र परम्परा रहेको छ ।

Loading...
Related Posts
Don't miss it
Editors choice