• बिहीबार ०३, साउन २०७५

यसकारण दुई तिहाई चाहन्छन् प्रधानमन्त्री ओली

काठमाडौं,१४ फागुन । एमालेसँग एक्लै संसदमा १ सय २१ सांसद छन्। माओवादी केन्द्रका ५३ त्यसमा थपिँदा संख्या बढेर १ सय ७४ हुन्छ। संसदमा  कुल २ सय ७५ मध्ये १ सय ३८ भए सामान्य बहुमत पुग्छ। संसदमा दुई तिहाईका लागि थप ११ चाहिन्छ।

सोमबार दिनभरी प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले संघीय समाजवादी फोरमलाई फकाएर सरकारमा ल्याउन पहल गरे। यदि फोरम सरकारमा सहभागी भयो भने सरकारको पक्षमा उसका १६ सांसद थपिन्छन्। यसो हुँदा सरकारले सुविधाजनक बहुमत प्राप्त गर्छ।

 यसकारण चाहियो ओलीलाई दुई तिहाई 

सरकारले संबैधानिक निकायका प्रमुखलाई सामान्य बहुमतमा चलाउन मिल्दैन। यसका लागि दुई तिहाई मत आवश्यक पर्छ। ओलीलाई धेरै थाहा छ कि संबैधानिक निकाय आफु अनुकुलका छैनन्। अघिल्लो सरकारले राष्ट्रिय सभा सदस्यका लागि  राष्ट्रपति समक्ष गरेको शिफारिसका सम्बन्धमा हालै सर्बोच्च अदालतले दिएको आदेशले ओलीलाई झड्का दिएको छ। देउवा नेतृत्वको सरकारले गरेको शिफारिसलाई फिर्ता लिएर नयाँंलाई शिफारिस गरेकोमा सर्बोच्चले रोक लगाएको छ। यद्यपि यसबारेमा अन्तिम फैसला हुन बाँकी नै छ।

प्रधानन्यायधीश गोपाल पराजुलीले गरेका धेरै फैसला समेत विवादमा परेका छन्। यस्तो अवस्थामा आफ्नो काममा न्यायालयले रोक लगाउने अनुमान ओलीले गरेका छन्।  ओली नवराज सिलवाललाई गृहराज्यमन्त्रीसम्म बनाउने तयारीमा रहेको बताईन्छ । सिलवाल सरकारको फरार सूचीमा छन्। सरकारले उनको मुद्धा फिर्ता लिएर मन्त्रीको शपथ ख्वाउने तयारी गरेको छ। यस्तो अवस्थामा सर्बोच्चमा फेरि प्रश्न उठन सक्छ। मुद्धा पर्न सक्छ।

संबैधानिक  निकाय र तीनका प्रमुखले सरकारको स्पिरिट अनुसार काम नगरेको बेला ओलीले महाभियोगको तरबार उनीहरु तर्फ सोझ्याएर तर्साउन सक्छन्।   सर्बोच्च वा अन्य संबैधानिक निकाय प्रमुख ओली र ओली सरकार  विरुद्ध गए उनले महाअभियोगको प्रयोग समेत गर्ने छन्। त्यसकारण ओली दुई तिहाईलाई आफ्नो रक्षाकबच बनाउने पक्षमा दृढ देखिन्छन्। बेला बेलामा उनले भन्ने छन्– धेर बक्बक् नगर्नु श्रीमान् दुई तिहाईको पासो हानेर चिलिम फर्काई दिन्छु। copy from : saralpatrika

Loading...
Related Posts
Don't miss it
Editors choice