• शनिबार ०५, साउन २०७५

प्रचण्ड र बादलका अगाडि सिताले आत्महत्या गर्छु भनेपछि…

प्रचण्ड र बादल बाल्यकालदेखिका साथी । राजनीतिक जीवनमा उनीहरुबीच गजवको मिलन र गजवको झगडा भयो । फेरि बादल प्रचण्डसँगै छन् । प्रचण्डले उनलाई गृहमन्त्री ‘उपहार’ दिएका छन् । पत्रकार नेत्र पन्थीले २०७२ मा लेखेको पुस्तक ‘डिभोर्स’ मा प्रचण्ड र बादलको सम्बन्धको पाटो पनि छ ।

यस्तो छ, पुस्तकको अंश !

मोहनविक्रम सिंहसँग सम्बन्ध–विच्छेद गर्दै राजनीतिको सिढि चढेका प्रचण्डलाई उनको राजनीतिक जीवनमा मिलन र सम्बन्ध–विच्छेदका घेरै घटना जोडिए । उनी आफु नेतृत्वमा आएपछि उनीसँग सम्बन्ध–विच्छेद गर्दै धेरै हिडे । जनयुद्धकालमा थोरै र शान्तिकालमा धेरै । ति सवै प्रचण्डको लागि महत्वपूर्ण भएनन् होला । तर, निकै मिहिनेत र लामो सहयात्रापछि जोडिएका सम्बन्ध भत्किदा प्रचण्ड आफै निकै नराम्रो महसुस गर्थे । वैद्य–बाबुरामसँगजत्तिकै घनिष्ठ सम्बन्ध थियो बादलसँग पनि प्रचण्डको । त्यो सम्बन्ध पनि प्रचण्डले बचाउन सकेनन् । बादलले पनि प्रचण्डसँग सम्बन्ध–विच्छेद गरे । ०६९ असारमा बादलले प्रचण्डलाई होइन, वैद्यलाई सहयोग गरे ।

प्रचण्ड–बादल कुनै बेला आफुलाई चिनियाँ सांस्कृतिक क्रान्तिका पक्षपाति ठान्थे । कुनै वेला प्रचण्ड–बादलले माक्र्स र एंगेल्सजस्तो सम्बन्ध बनाउन खोजेका थिए । तर, यस्तो वेला पनि आयो, केन्द्रीय समिति बैठकमै बादलले आत्मालोचना गर्नुपर्‍यो । सम्बन्धकै विषयलाई लिएर प्रचण्ड–बादल रुनु पनि पर्‍यो । जति बेला अध्यक्ष प्रचण्ड थिए र संगठनको कमान्ड महासचिव बादलको हातमा थियो । त्यही बेला राजनीतिक घटनाक्रम र पार्टी जीवनमा उथलपुथल भयो, प्रचण्ड–बादल सम्बन्ध–विच्छेद भयो । उनीहरु दुवै विज्ञान विषय पढेका नेता हुन् । एउटै विषय पढेका यी दुई नेता एउटै उद्देश्य राखेर राजनीतिमा पनि होमिएका हुन् । त्यो उद्देश्य हो, ‘नेपालमा नौलो जनवादी क्रान्ति सम्पन्न गर्ने ।’ तर, उदेश्य प्राप्तीपूर्व नै मतभेद देखिए र अन्तमा सम्बन्ध विच्छेदसम्म पुग्यो ।

०२८ मै कम्युनिस्ट पार्टीको सदस्यता लिएका प्रचण्ड र ०३७ देखि पार्टी सदस्यता लिएर पूर्णकालीन भएका बादलबीच निकै घनिष्ट सम्बन्ध रह्यो । सम्बन्ध–विच्छेदपछि यी दुई नेताबीच अनौपचारिक भेटघाट र कुराकानी पातलिए । पार्टी विभाजन गरेर बादलले प्रचण्डलाई ‘बाईबाई’ गरे उनीहरुवीच सम्बन्ध हिँउ जस्तो चिसो भयो । यी दुईबीच वार्ता गराउनसमेत मध्यस्थकर्ता चाहिने अबस्था उत्पन्न भयो शुरुका दिनमा त । पार्टीभित्रै विवाद उत्सर्गमा पुग्दा ०६८ तिर प्रचण्डले आफ्ना भाई नारायण दाहालमार्फत बादलसँग संवाद गरेका थिए । त्यति नै बेला एउटा गोप्य बैठकमा प्रचण्डसँगको सम्बन्धलाई लिएर केही केन्द्रीय सदस्यहरूबीच बादल निकै रोएका थिए । ‘सँगैसँगै आएका हामीजस्ता मानिसलाई प्रचण्डले विश्वास गर्न छाडे,’ बादलले भनेका रहेछन्, ‘योभन्दा पीडाको कुरा के हुन्छ ?’

पार्टी विभाजन पूर्व पछिल्लोपटक उनीहरूको सम्बन्ध सेना समायोजनसम्बन्धी निर्णयले विगारेको थियो । जब बाबुराम प्रधानमन्त्री भएलगत्तै लडाकुका शिविरमा रहेका हतियार राखिएका कन्टेनर बुझाउने निर्णय भयो, त्यसप्रति बादलले कडा आपत्ति जनाए । घोबीघाट मोर्चापछि सैन्य आयोगका प्रमुख बनेका बादललाई सेनासम्बन्धी महत्त्वूपर्ण विषयमा निर्णय गर्दासमेत जानकारी दिएनन् प्रचण्ड–बाबुरामले । प्रचण्डसँग घोबीघाटदेखि नै टाढा बादलले चाबी बुझाउने निर्णयमा आफूलाई सहभागी नगराएकोमा आपत्ति जनाए र पछि त्यो संस्थागत गर्ने गृहकार्य गरे । यसैका जगमा वैद्य–बादलले संयुक्त रूपमा विज्ञप्ति निकालेर नै चाबी बुझाउने निर्णयको विरोध गरे । त्यहाँबाट सुरु भएको तिक्तकापूर्ण आरोप–प्रत्यारोप ०६८ को पुसमा चलेको केन्द्रीय समितिसम्म आउँदा उत्कर्षमै पुग्यो । र ०६९ असारसम्म पुग्दा सम्बन्ध–विच्छेदको रुप लियो ।

शान्ति प्रक्रिया यता पार्टीभित्र प्रचण्डको एकलौटी बादललाई खासै मन परेको थिएन । उनले घोबीघाटमा गएर वैद्य–बाबुराम–नारायणकाजीसँग गठबन्धन बनाउनुको कारण पनि यही थियो । चाबी बुझाउने निर्णयको विरोधमा वैद्यपक्षको पत्रकार सम्मेलनमा बादल गर्जे, प्रचण्डप्रति निकै आक्रमक देखिए । ‘पार्टी नेतृत्व दक्षिणपन्थी बिसर्जनवादमा फसेको’ भन्दै त्यसविरुद्ध विद्रोह गर्न पनि पछाडि नपर्ने उद्घोष गरे । उक्त घोषणको ६ महिनामै पार्टी विभाजन भयो । हुन त त्यसअघि पनि प्रचण्ड– बादलबीच वेला–वेलामा खटपट हुन्थ्यो । तर, त्यसबेला जस्तो उनीहरुबीचको तिक्ततापूर्ण सम्बन्ध भने त्यसअघि पार्टीका नेता/कार्यकर्ताले देखेका थिएनन् ।

जनयुद्धकै सुरुसँगै देखा परेको प्रचण्ड–बादलबीचको मनमुटाव पार्टी विभाजनसम्म आउँदा धेरै उतार चढावबाट गुज्रियो । मगर जातिबाट आएका बादल र ब्राह्मण जातिका प्रचण्डबीचको झगडा पनि पेचिलो नै हुने गर्‍यो । मिल्दा पनि धेरै मिल्थे उनीहरू र झगडा गर्दा पनि उत्तिकै गर्थे ।

भिन्दै परिवेश र संस्कारसहित आएका यी दुई नेताको नारायणी नदीको किनारमा मिलन भयो । तर, दुई नेताको सम्बन्ध नारायणी नदीका दुई किनारजस्तै बन्यो पछि । माओवादीका पुराना नेता भक्तबहादुर श्रेष्ठ बादल–प्रचण्ड सम्बन्धबारे भन्थे, ‘०३५/०३६ सालतिर हो मैले उहाँहरूसँग कुराकानी गरेको, दुवैसँगै हुन्थे, सँगै हिड्थे, गजबको एकता थियो उनीहरुको ।’

बादललाई प्रचण्ड प्रस्तावक र अमिक शेरचन समर्थक भएर पार्टी सदस्यता दिएका थिए । तर, जब पार्टीभित्र एकपछि अर्को गर्दै बादलले प्रचण्डलाई चुनौती दिन थाले यी दुईबीचको सम्बन्धमा क्रमशस् दरार देखापर्न थालेको इतिहास छ । र त्यसमा आगो थप्यो बादलमाथि लागेको ‘सांस्कृतिक विचलन’ को आरोपले । ‘जब बादलजीलाई कारबाही भयो, त्यतिवेला मनमुटाव तै भइहाल्ने भो,’ माओवादी नेताहरु भन्थे, ‘तर अनुशासनको कारबाही निस्सर्त बादलले स्विकार्नुभयो र पार्टी नीतिमै चल्नुभयो । पछि उहाँको कारबाही फिर्ता पनि भयो ।’ प्रचण्ड बादललाई कारवाही गर्दा रोएका थिए । कारवाहीको केही समयपछि बादल पुनस् पार्टीको जिम्मेवारिमा फर्केका थिए ।

चुनवाङ बैठकमा आरोप–प्रत्यारोपसँगै आलोचना–आत्मालोचना गरे प्रचण्ड–बादल दुवैले । विगतका तीता–मीठा अनुभूति भुलेर नयाँ सम्बन्ध बनाएका थिए । तर, ०६२ असोजरकात्तिकको चुनवाङ बैठकमा लागेको ‘मलम’ ०६८ मै उप्कियो । ६ वर्षपछि प्रचण्ड–बादलको सम्बन्ध १८० डिग्रीको फरकपन आयो । चुनवापछि प्रचण्ड–बादल सम्बन्धमा धमिरा लागेको ०६८ मै हो । त्यसबेला एक–अर्कालाई हेर्ने दृष्टिकोण पहिलेभन्दा फरक भयो, अवश्विास र शंका पनि, अनि भित्र–भित्र आरोप–प्रत्यारोप पनि ।

प्रचण्डले बादललाई विश्वास गर्न छाडे । बादलले प्रचण्डसँग भेटेर मनका कुरा गर्न चाहेनन् । एकले अर्कोप्रत्तिको शंका नै समस्या बन्यो । आफु विरुद्धको घोबीघाट गठबन्धमा बादल सहभागी भएकोमा प्रचण्डको असन्तुष्टि थियो । आपसी अविश्वास बढदै गयो, ०६९ असारमा औपचारिक रुपमै सम्बन्ध–विच्छेद भयो । पेरिसडाँडा हेडक्वाटरमा रहेको बादलको कोठा बुद्धनगरमा सर्‍यो ।

प्रचण्ड–बादल सम्बन्धमा विभिन्न विषय र कालखण्डमा उतार–चढाव देखा पर्‍यो । राजनीति जीवनको सुरुमा उनीहरूबीच जनयुद्धको थालनी पूर्व खटपट भयो । ०५२ असोजमा जनयुद्धको थालनीको पहिलो योजना निर्माण गर्ने चर्चित गोरखा बैठक बस्यो । तत्कालीन महामन्त्री प्रचण्डलाई पार्टीभित्र र बाहिर स्थापित गर्ने विषयमा बहस भयो । बैठकले ठोस निर्णय गर्न सकेन । तर, पनि यो बैठक प्रचण्ड–बादलका लागि सुखद् भएन । अत्यन्त घनिष्ठ रहँदै आएको प्रचण्ड–बादल सम्बन्धमा यसवेला चिसोपन देखियो । कारण थियो–प्रचण्डलाई स्थापित गर्ने सवालमा बादलले केही प्रश्न उठाए । उनीहरूको राजनीतिक जीवनमा सुशुप्त मनमुटाव यहीबाट सुरु भयो । आफ्ना सीमा र संस्कारसहित उनीहरूबीच सम्बन्ध विकास हुँदै गयो । सैद्धान्तिक विषयमा उनीहरूबीच अन्तरविरोध नभए पनि संस्कारहरूमा अन्तरविरोध देखा परिरह्यो ।

प्रचण्ड–बादलबीच आत्मीय सम्बन्ध जतिवेला शुरु भयो त्यसबेला नेपालीे कम्युनिस्ट आन्दोलन विभिन्न गुट, उपगुट र ‘संशोधनवाद’ को समस्या थियो । त्यसका विरुद्ध लड्नका लागि माक्र्सवादको गहिरो अध्ययन गर्न भन्दै चितवनमा अध्ययन समूह बन्यो ०३१ मा । त्यो अध्ययन समूहमा उस्तै–उस्तै उमेरका प्रचण्ड, बादल, मित्रराज दवाडी, खेम भण्डारी र पुष्प भुत्र्यालजस्ता युवाहरू थिए । यहीबाट प्रचण्ड–बादलसँगसँगै राजनीतिमा सक्रिय हुन थाले । त्यहाँ उनीहरूले नारायणीको तिरमा गएर माक्र्सवादलाई गम्भीर ढंगले अध्ययन गर्ने प्रतिबद्धता र प्रतिज्ञा गरे । उनीहरू पार्टीमा मोहनविक्रम सिंहको एकलौटी तोड्न यस्तो अध्ययन गरिरहेका थिए । हप्ताहप्ता दिनमा जसले जे अध्ययन गरेको छ, त्यो विषयमा सबैलाई बताउनुपर्ने, अध्ययन गरेकोमा प्रश्न उत्तर हुने, छलफल हुने र अध्ययनलाई तिखार्ने पद्धति बनाए । चिनियाँ सांस्कृतिक क्रान्तिका पक्षपाति ठान्थे उनीहरू आफूलाई । त्यतिवेला प्रचण्ड पुष्पलाल समूहको पार्टी सदस्य भइसकेका थिए । पुष्पलाल समूह फुुटेपछि प्रचण्ड पनि हटे त्यहाँबाट, र चौथो महाधिवेशनको सम्पर्कमा गएका थिए ।

जनयुद्धको तयारीको पूर्वसन्ध्यामा तत्कालीन जनमोर्चाले खेलेको भूमिकाको मूल्यांकन गर्नेबारे ‘शीतयुद्ध’ चल्यो । यसमा बाबुराम एकातिर र प्रचण्ड–बादल अर्कोतिर थिए । ०५१ फागुनको तेस्रो विस्तारित बैठकमा नेपाली जनयुद्धको रणनीति र कार्यनीति महत्त्वमा छलफल भयो । पश्चिम पहाडका जिल्लाहरूमा भएको ग्रामीण वर्गसंघर्षको विकासमा तत्कालीन इन्चार्ज बादलले खेलेको भूमिकाको उच्च मूल्यांकन पनि भयो त्यहाँ । बादलले त्यसवेला खेलेको भूमिका यस्तो थियो कि उनको भूमिका त्यस्तै रहे भविष्यमा आफ्नो नेतृत्व नै संकटमा पर्नसक्ने खतरा महसुस गरे प्रचण्डले । यो कुरा बादललाई त्यति मन परेन । आफ्नो कार्यक्षेत्र पूर्वाञ्चल वा पश्चिमाञ्चल जहाँ भए पनि बादलले राम्रै काम गर्थे ।

बादलमाथि अंकुश लगाउने रणनीति तयार भयो । ०५३ चैतमा फरिदावादको पोलिटब्युरो बैठकले बादलमाथि ‘अराजकता’ निम्ति ‘अनुशासनात्मक कारबाही’ गर्‍यो । ०५४ असारमा फरिदावादमै भएको केन्द्रीय समिति बैठकले पोलिटव्युरोको निर्णय अनुमोदन गर्‍यो । बादललाई ‘लिनप्याओवाद उन्मुख प्रवृत्ति’ को आरोपसहित थप कारबाही भयो त्यहाँ । बादलमाथि सांस्कृति विचलनको दाग पार्टीले नै लगाईदियो ।

जनयुद्धको सुरुवातपछिको पहिलो केन्द्रीय समिति बैठक ०५३ असारमा सिलिगुडीमा भयो । त्यहाँ बादलको विषयमा सामान्य छलफल भयो । प्रचण्डले शंकाको दृष्टिकोणले हेरे, जसले प्रचण्डसँगको उनको सम्बन्धमा केही न केही नकरात्मक असर पार्‍यो । ०५३ माघमा प्रचण्डका छोरीहरूको विवाहका वेला बादलको विषय अलि बढी उठ्यो । बादलमाथि अंकुश लगाउने रणनीति तयार भयो । ०५३ चैतमा फरिदावादको पोलिटब्युरो बैठकले बादलमाथि ‘अराजकता’ निम्ति ‘अनुशासनात्मक कारबाही’ गर्‍यो । ०५४ असारमा फरिदावादमै भएको केन्द्रीय समिति बैठकले पोलिटव्युरोको निर्णय अनुमोदन गर्‍यो । बादललाई ‘लिनप्याओवाद उन्मुख प्रवृत्ति’ को आरोपसहित थप कारबाही भयो त्यहाँ । बादलमाथि सांस्कृति विचलनको दाग पार्टीले नै लगाईदियो ।

‘लिनप्याओवाद प्रवृत्ति’ मुल नेतृत्वलाई सिद्धाउने प्रवृति मानिन्छ कम्युनिष्ट विचारधारमा । यस्तो संगीन आरोपसहित आफूमाथि कारबाही गरेपछि प्रचण्डप्रतिको विश्वास घट्यो बादलमा । यसले प्रचण्ड–बादल सम्बन्धलाई निकै नराम्रोसँग बिगार्‍यो, जुन कुरा बादलले चुनवाङ बैठकमा प्रस्टका साथ राखे । उनले भनेका थिए ‘पार्टी निर्माण गर्दा हामीले वाचा गरेका थियौँ, दुनियाँका सबै जल्लादले जतिसुकै आँधीबेहरी सृष्टि गरे पनि हाम्रो आत्मीय सम्बन्ध कहिल्यै टुट्ने छैन । हामी सिद्धिने छौँ, तर झुक्ने छैनौँ, टुट्ने छैनौँ । पटकपटक त्यो वाचा स्मरण पनि गर्‍यौँ । तर, कमरेडहरू हुरी आयो, तुफान आयो र ती हुरीबतासले हामीमा दरार पैदा गर्‍यो । त्यो दरारबाट धेरै धमिरा पसे र आज हाम्रो पार्टी र हाम्रो सम्बन्ध धमिरा लागेको सम्बन्ध बन्यो ।’

चुनवाङमा बादलले भनेका यी भनाइलाई मात्र हेर्ने हो भने पनि उनीहरूबीचको सम्बन्धको गाँठो कति बलियो थियो भन्ने थाहा हुन्छ । हुन त चुङवाङ बैठकबाट नै बादलमाथि लागेको ‘लिनप्याओवाद’ को आरोप खारेज भयो । तर प्रचण्डले कारबाही गरेर बादलको चित्त कति दुखाएका रहेछन् भन्ने प्रस्ट संकेत गर्‍यो बादलको भाषणले । यस विषयमा प्रचण्ड–बाबुरामसँग सम्बन्ध–विच्छेद गरेपछि वैद्यले लेखे, ‘एकातिर कतिपय कमरेडहरुमा निम्न पुँजीवादी मानसिकताजन्य कैयौं कमीकमजोरी रहे भने अर्कोतिर कतिपय कमरेडहरुमा अतिरञ्जनापूर्ण ढंगले लिनपियाओवादी कमजोरीको आरोप लगाउने गल्ती पनि भयो । यसप्रकारको आरोप लगाउनुका पछाडि प्रचण्डको निहित स्वार्थपूर्ति गर्ने उद्देश्यले काम गरेको थियो ।’ तर, जतिबेला बादललाई कारवाही भएको थियो, त्यसबेला वैद्यले पनि समर्थन जनाएका थिए ।

प्रचण्ड–बादलबीचको सम्बन्ध माओवादी पार्टीमा अनुकरणीय मानिन्थ्यो । प्रचण्ड महामन्त्री नहुँदैदेखि जनयुद्धको थालनीसम्म प्रचण्ड–बादल सम्बन्धले पार्टी नीति र निर्णयमा विशेष प्रभाव परेको मानिन्छ । बादलमाथिको एउटा कारवाही प्रकरणले उनीहरुबीचको सम्बन्धलाई कहिल्यै मिल्न नसक्ने ठाँउमा पुर्‍याइदियो । निकै ठूलो तुषारापात ल्याइदियो भावनात्मक रुपमा । प्रचण्डसँगको उतार–चढावपूर्ण सम्बन्धमाथि बादलसँग अन्तरंग र भावनात्मक कुरा गर्न खोजेँ मैले । तर, उनी अन्तर्वार्ता वा अनौपचारिक कुराकानीका लागि तयार भएनन् । अर्थात प्रचण्डसँगको सम्बन्धको यो पाटोमाथि पर्दा उतार्न आबश्यक ठानेनन् ।

बादलको राजनीतिक विकासको गतिशिलता पार्टीमा उन्नतीको शिखरमा चढदै थियो । जनयुद्धको थालनी र त्यसको प्रारिमभक विकासमा बादलले राप्तीका रोल्पा, रुकुम र सल्यानमा पुर्‍याएको योगदानले नेतृत्व तहमा उनी चौथो तहमा थिए । सीपी गजुरेल, देव गुरुङको भन्दा पार्टीमा बादलको प्रभाव ज्यादै बढी थियो । लोकप्रियताको शिखरमा चढदै गर्दा एउटा ‘सांस्कृतिक सम्बन्ध’ ले उनको उन्नतीमा भयानक ठूलो व्रेक लाग्यो । ‘पार्टीका शीर्ष नेताबाट भएका कमजोरीको रोगथाम नगरेको भए पार्टीमा सांस्कृतिक अराजकताले भयानक रोग लिन सक्थ्यो । त्यसलाई नियन्त्रण गर्न पार्टी नेतृत्वको हैसियतले नियन्त्रणकारी हस्तक्षेप गर्न जरुरी थियो ।’ प्रचण्डले बादलमाथिको कारवाहीको पुष्टी गर्दै भनेका छन् । तर, बादललाई भित्रैबाट के लाग्यो भने, ‘आफ्नो एउटा कमजोरीलाई सधैभरिका लागि कमजोरीका रुपमा प्रस्तुत गरियो । आफ्नो राजनीति जीवनलाई सिद्धाउने काम गरियो ।’ यो बुझाई प्रचण्डसँगको सम्बन्धमा पर्खाल बनेर आयो । कारवाहीपूर्वको सामीप्यता कारवाही फिर्ता भएपछि पनि हुनै सकेन ।

बादलले प्रचण्डको नेतृत्वलाई चुनौति दिनेगरि बाबुराम, पम्फा भुसाल लगायतका नेताहरुसँग छलफल गरेको भन्ने अपुष्ट कुरा युद्धकालमा हुने गर्दथ्यो । तर, यसैलाई आधार मानी बादललाई ‘लिनप्याओवादी प्रवृति’ प्रतिनीधि पात्रका रुपमा पार्टीमा आन्तरिक निर्देशिका जारी गरियो । यो बादलका लागि चिक्त अप्रसन्नताको कुरा बन्यो । यो विषय चुनवाङ वैठकमा सच्चाइयो । यो कारवाही र आरोपमा प्रचण्डको भूमिका थियो भन्ने बादलको भित्री बुझाई थियो । बादलको यो बुझाईमा प्रचण्ड निकै ढिलो गरि जवाफ दिए । जव वैद्य–बादलले प्रचण्डसँग सम्बन्ध–विच्छेद गरे त्यसपछि प्रचण्डले बादलको आक्षकावारे आफ्नो मत राखे, ‘लिनप्याओवादको आरोप मैले नभई वैद्यको प्रस्तावमा गरेको हो ।’ यसबेलासम्म धेरै ढिला भैसकेको थियो । नारायणी नदीमा धेरै पानी बगिसकेको थियो, जुन कुरा प्रचण्डले नजरअन्दाज गरे ।

सिपाहीले कमान्डरको आदेश मान्दैन वा आदेशप्रति उदासिन हुन्छ भने त्यो सिपाहीले कमान्डरलाई जित्न खोजेको हुनपुग्छ वस्तुगत रूपमा । मैले कमान्डरलाई जित्न खोजेँ, नियतले होस् या अज्ञानताले । त्यहीँबाट समस्या पैदा भए । त्यसले पनि आँसुहरू बगायो । मैले कमान्डरका अगाडि हार्नुपथ्र्यो, निस्सर्त आदेश पालना गर्नुपथ्र्यो ।

कुनै वेला प्रचण्ड–बादलले माक्र्स र एंगेल्सजस्तो सम्बन्ध बनाउन पनि नचाहेका होइनन् । तर, कुनै वेला यस्तो पनि आयो केन्द्रीय समिति बैठकमै बादलले आत्मालोचना गर्नुपर्‍यो । ‘इतिहासको यो कठघरामा उभिएर म आफ्ना कमजोरी र भूलप्रति क्षमायाचना गर्दै छु । सायद मेरो केही ‘बालहठ’ भयो, मेरो नियतमा त्यस्तो थिएन । त्यसले आफ्नो आत्मीयको चित्त दुखायो र म आत्मीय प्रचण्डसँग इतिहासको यो कठघरामा जनतासामु उभिएर ती सबै भूलका निम्ति यो उचाइबाट क्षमा माग्न चाहन्छु ।’ बादलको आत्मालोचना थियो, ‘अर्को भूल मैले आफ्नै कमान्डरलाई जित्न खोजेर गरेँ । सिपाहीले कमान्डरको आदेश मान्दैन वा आदेशप्रति उदासिन हुन्छ भने त्यो सिपाहीले कमान्डरलाई जित्न खोजेको हुनपुग्छ वस्तुगत रूपमा । मैले कमान्डरलाई जित्न खोजेँ, नियतले होस् या अज्ञानताले । त्यहीँबाट समस्या पैदा भए । त्यसले पनि आँसुहरू बगायो । मैले कमान्डरका अगाडि हार्नुपथ्र्यो, निस्सर्त आदेश पालना गर्नुपथ्र्यो । सायद मैले गरिनँ कतैकतै । त्यसकारण मैले जित्न खोजेँ कमान्डरलाई र म हारेँ । म त्यो हार स्वीकार गर्छु । म मेरो कमान्डरलाई जित्न चाहन्छु, तर जितेर होइन, हारेर । आफ्नो कमान्डरअगाडि म आज आफ्नो हार स्वीकार गर्छु । आफ्नो कमान्डरको जितमा म उहाँलाई मुठ्ठी उठाएर सलाम गर्छु । कमरेडहरू, सायद म अलि भावनाको उत्कर्षमा आएँ । तर, मलाई लाग्छ मैले सही गरिराखेको छु ।’

चुनवाङ वैठकमा जव बादल यसरी भावुक बने नेताहरू रोए । रुमाल निकालेर आसु पुछे । अन्तरसंघर्ष निकै पेचिलो थियो वैठकपूर्व । त्यो पीडा व्यहोरेका प्रचण्ड बैठकमा आउँदा खल्तीमै राजीनामापत्र नै बोकेर आएका थिए । विवाद समाधन नभए राजीनामा दिन चाहन्थे उनी । यद्यपी त्यसबेला विवाद बाबुरामसँग थियो प्रचण्डको । तर, चुनवाङ वैठकमा बादलले दिएको भाषणले नेताहरुको मन छोयो ।

बादलले प्रचण्डसँगको सम्बन्ध दुई कोणबाट हेर्दा रहेछन् । एउटा औपचारिक सम्बन्ध र अर्को कमरेडली सम्बन्ध । पदमा तलमाथि भए पनि राजनीतिक जीवनकै सम्बन्ध उस्तै–उस्तै थियो उनीहरूबीच । उनीहरूबीचको आत्मीय सम्बन्ध हेर्दा मान्छेहरू दंग पर्थे । उनीहरूकै श्रीमतीहरू पनि इष्र्यालु हुन्थे । सफलतामा उनीहरूले हर्ष मनाउथे । विफलतामा रातभर रुन्थे ।

बादल पत्नी नैनकलाकै योजनामा प्रचण्डको ५० औं ‘बर्थ डे’ मनाइएको थियो दिल्लीमा । सीता र नैनकला त्यसबेला टोपबहादुर रायमाझीको दिल्लीको रोहणीस्थित डेरामा गएर ‘बर्थ डे’ को कार्यक्रम तय गरेका थिए । टोपबहादुर पत्नी सीमाले समन्वय गरेकी थिइन् । नेता पत्नीहरुको इच्छा पुरा गरिदिन ५० औं जन्मदिवस मनाएका थिए प्रचण्डले । सेल रोटी पाके, अरु परिकार पनि बने । त्यसदिन केक काटियो, खाना खाइयो । प्रचण्डले त्यसअघि कहिले पनि ‘बर्थ डे’ मनाएका थिएनन्, त्यसपछि पनि मनाएका छैनन् । प्रचण्ड,बाबुराम, बादल र टोपबहादुरको परिवार ‘बर्थ डे’ मा सहभागी बने ।

आफ्ना पतिहरुको सम्बन्धलाई राम्रो बनाउन चाहन्थे सीता र नैनकला । तर, कहिलेकाही केही घटानले पत्नीहरुबीच पनि मनमुटाव गराउथ्यो । सीता र नैनकलाबीचको ‘टक–वार’ पनि दुई नेताको सम्बन्धमा केही समस्या गराउन सहयोगीजस्तै भयो ।

प्रचण्ड–बादलको जस्तो सम्बन्ध हुन्थ्यो, त्यसको असर सीता–नैनकलामा पनि देखिन्थ्यो । सीता र नैनकलाले आफ्ना श्रीमान प्रचण्ड–बादलको शुरुवाती दिनका लोभलाग्दो सम्बन्धवारे पार्टीका अन्य नेताका पत्नीहरुलाई समेत सुनाउथे । अबस्था यस्तोसम्म थियो, शिक्षकको जागीर छाडेर प्रचण्ड भूमिगत भए । प्रचण्डको परिवार ठूलो थियो । बादलको परिवार हुनेखाने थियो । बादलको परिवारले कहीले काहीँ प्रचण्डको परिवारलाई सहयोग गथ्र्यो । नैनकला आफै पनि जान्थिन सीताकहाँ काेसेली बोकेर । आबश्यक सहयोग चाहिन्छ कि ? भनेर सोथ्थिन् । बादलले पनि ‘समस्या केही हुँदैन, हल गर्छौँ’ भनेर प्रचण्डलाई पूर्णकालीन हुन उत्साह थपेका थिए । जनयुद्धभन्दा पहिला सीतालाई साडी उपहार दिन्थिन नैनकलाले । हङकङबाट आफुलाई दाईहरुले उपहार ल्यादिएका हुन्थे, नैनकलाले सीतासम्म पुर्‍याउँथिन् ।

जव आचरणको विषयमा बादलमाथि कारवाही भयो । सीता–नैनकला सम्बन्धमा पनि समस्या आयो । ‘बाुहन बाठा हुन्छन् । कतै बाहुनहरुले मेरो श्रीमानलाई जानी–जानी विगारेका त होइनन् ?’ नैनकलाको शंका हुन्थ्यो, यो कुरा उनले पार्टीका अन्य नेताका पत्नीसँग बेला–बेला भन्थिन । एकपटक सीता दिल्लीमा थिइन । नैनकलाले उनको बसाई र खर्चको विषयमा कुरा उठाएकी थिइन् । त्यसबेला उनीहरुबीच राम्रो सम्बन्ध थिएन ।

 बादल–नैनकलाबीच तनाव भयो । सम्बन्ध–विच्छेदको तहमा जाने हो कि भन्नेसम्म भयो । तर, बादल–नैनकलाबीचको सम्बन्ध टुटन हुँदैन भनेर सीताले भूमिका खेलिन्, अड्डी कसिन् । ‘सम्बन्ध–विच्छेदको कुरा कहाँबाट आयो ? तपाईलाई दुःखमा साथ दिइन । अहिले सुट भइनन् रे । यो भएन, त्यो भएन भन्न कसरी पाइन्छ ?

बादल कारवाही परेका बेला बादल–नैनकलाबीच तनाव भयो । सम्बन्ध–विच्छेदको तहमा जाने हो कि भन्नेसम्म भयो । तर, बादल–नैनकलाबीचको सम्बन्ध टुटन हुँदैन भनेर सीताले भूमिका खेलिन्, अड्डी कसिन् । ‘सम्बन्ध–विच्छेदको कुरा कहाँबाट आयो ? तपाईलाई दुःखमा साथ दिइन । अहिले सुट भइनन् रे । यो भएन, त्यो भएन भन्न कसरी पाइन्छ ? कसरी अर्को विहे गर्न पाइन्छ ? यो हुँदै हुँदैन । यो निर्णय भए, जे पनि हुन सक्छ ।’ प्रचण्ड–बादलसँगै भएका बेला सीता कड्किइन । जव सीताले ‘आत्महत्या गर्ने’ सम्मको धम्की दिइन् बादल–नैनकलाबीचको तनाव टुंगियो । त्यसपछि शिक्षकबाट राजीनामा गरिन नैनकलाले, अनि पार्टी काममा हिडिन् बादलसँगै । बादल–नैनकला सम्बन्ध–विच्छेद भए भविष्यमा आफुसहित पार्टीका सवै नेताको पत्नीमाथि खतरा हुने देखिन् सीताले । यस्तो चासोसहित सीता नैनकलाको पक्षमा लडिन् । यो घटनापछि सीता–नैनकला सम्बन्ध फेरि समुधर भयो ।

एक पटक प्रचण्डले ‘बाबुरामसँग मिलेर पार्टी विभाजन गर्न खोजेको, हेडक्वाटर कब्जा गर्न खोजेको आरोप’ बादलमाथि लगाए । बादलले वैद्य–बाबुरामलाई उस्काएको प्रचण्डको शंका थियो । त्यसबेला अनन्त हेडक्वाटरमा थिए । अनन्त पनि त्यो गुटमा लागेको भनेपछि उनलाई हटाए प्रचण्डले । त्यसबेला फेरि सीता–नैनकला सम्बन्धमा समस्या आयो । बादलले ‘मेरो श्रीमानलाई हटाउन षडयन्त्र गरे’ भन्ने सीतालाई लागेछ । त्यसपछि सीता–नैनकलाबीच राम्रो सम्बन्ध भएन । सामन्य शिष्टचारमा सीमित छ । श्रीमतिबीच राम्रो सम्बन्ध भएको भए अन्तिम समयमा उनले वैद्यलाई होइन प्रचण्डलाई नै साथ दिने थिए कि † आफ्नो परिवारबाहेक अन्य परिवारको गेट टुगेदरलाई सीताले शंकाले हेर्थिन । ‘गेट टुगेदर हाम्रो विरुद्ध त होइन’ भन्थिन् सीता ।

संगठनात्मक रुपमा सीता र हिसिलाको श्रीमानप्रति ‘हस्तक्षेप’ नै गर्थे, सुष्मा र नैनकला सकेसम्म यस्ता विषयमा हात हाल्दैनथे । श्रीमानलाई स्वतन्त्रपूर्वक काम गर्न दिनुपर्छ भन्ने उनीहरुको मान्यता छ । यही भएर होला मानुषीको आमा हिसिलासँग अलि–अलि गुनासो हुन्थ्यो ।

जनयुद्ध, नयाँ पार्टी, नयाँ सेना, नयाँ मोर्चा कसरी बनाउने भनेर गोरखाको सिरानचोकमा तालिम गरेका थिए प्रचण्ड–बादलले सँगसँगै । बन्दुक खोज्न मनाङ पुगे उनीहरू । सिस्ने–जलजलाका भीरमा पनि गोरेटो कोर्ने कोसिस गरे । चितवनको अध्ययन मण्डलबाट सुरु भएको सम्बन्धलाई उनीहरूले भीमसेननगरदेखि रामपुर क्याम्पस र कर्णालीको किनारदेखि रुकुम–रोल्पासम्म पुर्‍याए । तर, धोविघाट हुँदै अगाडि बढदा सम्बन्ध दुर्घटानमा पर्‍यो र आ–आफ्नो बाटो हिडनुपर्ने भयो । घुम्तीहरु पार गर्दै फेरि एउटै ठाँउमा पुगिन्छ कि भनेर आशा पनि कायम राखेका छन् । संवाद पनि गरेका छन् । टुटेको आत्मीय सम्बन्धलाई जोडन चाहेका छन् । यसका लागि ‘रसायन’ खोज्दैछन् ।

बादललाई लागेको थियो ‘गोरखा बैठकदेखि सिज (सिस्ने–जलजला) अभियानमा पनि पटकपटक ‘लिनप्याओवाद’ को कुरा आउनु कस्तो शृंखला हो । ‘अवसरवादी शृंखला हो कि यो क्रान्तिकारी हो रु सधै सहयोग गर्दा पनि यस्तो आरोप किन लाग्छ रु’ यो प्रश्नले जनयुद्धकालभर बादललाई पोलिरह्यो । ‘लिनप्याओवाद’ आरोप बादललाई चित्त बुझेको थिएन । ‘के म लिनप्याओ हो ?’ यही प्रश्न उठाएका थिए बादलले चुनावाङमा । कारबाही पर्दा पनि बादलले निस्सर्त स्विकारे, जनयुद्धमा आफ्नो भूमिका र निष्ठालाई स्थापित गर्ने प्रयत्न गरे । कारवाही परेर उनी युद्धबाट पलायन हुने बाटो रोजेनन् । पार्टीको अनुशासनात्मक कारवाही स्वीकारे, पार्टीले दिएको तल्लोस्तरको जुनसुकै काम पनि पुरा गरे ।

पुस ०५६ मा बादल र शीतलकुमारलाई केन्द्रीय समितिमा ल्याउनेबारे गोरखपुरमा प्रचण्ड–बाबुरामबीच छलफल भयो । भारतको जालन्धरमा शुद्धीकरण अभियानको मूल एजेन्डासहित केन्द्रीय समिति बैठक बसेको थियो, त्यहाँबाट बादल पुनस् केन्द्रीय समितिमा आए । ०५७ वैशाखमा भारतकै जलपाइगुडीमा केन्द्रीय समिति बैठक बस्यो । तत्कालीन गण्डक क्षेत्रमा कार्यरत बादल र टोपबहादुर रायमाझी अनिलले ‘प्रचण्डपथ’ को सुझाव दिएका थिए । पछि ०५७ माघ–फागुनमा दोस्रो राष्ट्रिय सम्मेलन पन्जाबका भटिन्डामा भयो । त्यहाँबाट माक्र्सवाद, लेनिनवाद, माओवादीसँगै पार्टीको पथप्रर्दशक सिद्धान्तका रुपमा ‘प्रचण्डपथ’ लाई अंगीकार गरियो । आफ्नो कारवाही भुलेर बादल प्रचण्डलाई सम्मान गर्न सवै सहयोग गर्न तयार देखिए ।

वार्ताका क्रममा बादलको प्रस्तुतिबाट प्रचण्ड असन्तुष्ट बने ०६० वैशाखमा सम्पन्न दोस्रोचरणको वार्तापश्चात् नै वस्तुतस् भंग भइसकेको वार्तालाई वेलैमा विधिवत् टुंग्याउनुको सट्टा त्यसलाई तन्काउँदै लैजानु र सो अवधिमा फौजी तयारीलाई अपेक्षित ध्यान नदिइएको बादलको भनाइ थियो ।

०५८ साउनमा जलपाइगुडी केन्द्रीय समिति बैठकमा नयाँ अन्तरविरोध देखा परे । रवीन्द्र श्रेष्ठले बादललाई स्थापित गर्नुपर्ने कुरामा जोड दिए । तर, प्रचण्ड यसबाट सशंकित भए । दरबार हत्याकाण्डपछि उपत्यकामा बढेको पार्टी अन्तरसंघर्षमा पनि प्रचण्ड–बादलबीच आ–आफ्ना अडान देखा परे । ०५८ कात्तिकमा फरिदावादको पोलिटब्युरो बैठकमा प्रचण्ड, बाबुराम, पोष्टबहादुर बोगटी, टोपबहादुर रायमाझी र दीनानाथ शर्मालगायत थोरै नेता एकातिर र किरण, बादल, रवीन्द्र श्रेष्ठलगायत धेरैजसो नेता अर्कोतिर भए । प्रचण्डले यहाँ बादलको भूमिकाप्रति असन्तुष्टि राखे । अझ ०५९ को माघ १५ मा अप्रत्याशित रूपमा युद्धबिरामको घोषणा हुँदा प्रचण्डसँग बादल सशंकित भए । वार्ताका क्रममा बादलको प्रस्तुतिबाट प्रचण्ड असन्तुष्ट बने ०६० वैशाखमा सम्पन्न दोस्रोचरणको वार्तापश्चात् नै वस्तुतस् भंग भइसकेको वार्तालाई वेलैमा विधिवत् टुंग्याउनुको सट्टा त्यसलाई तन्काउँदै लैजानु र सो अवधिमा फौजी तयारीलाई अपेक्षित ध्यान नदिइएको बादलको भनाइ थियो । ०६० साउनमा तेस्रोचरणको वार्तामा जाने–नजानेबारे समेत बहस भयो । प्रचण्ड वार्ताबाट आशावादी थिए, बादल निराशावादी ।

०६० चैतमा मुम्बईमा माओवादी नेताहरूले पार्टीभित्रको विवादबारे बहस गरेका थिए । त्यहाँ पनि वैद्य र बादलको मूल्यांकनबारे प्रचण्डले असहमति राखे । तर, बाबुरामलाई कारबाही गर्ने मामलामा प्रचण्ड–बादल एकै ठाउँ आए ।

सामान्य किसान परिवारमा ०११ मंसिर २६ मा कास्कीको ढिकुरपोखरीको नौडाँडामा जन्मेका प्रचण्डको बाल्यकाल सुखद् थिएन । बाबु मुक्तिराम र आमा भवानीका दुई छोरामध्ये जेठा पुत्र हुन् प्रचण्ड । आर्थिक अवस्था एकदमै कमजोर प्रचण्डको परिवार चितवनको शिवनगर झर्‍यो । बादल गुल्मीको बडागाउँमा जन्मेका थिए । भारतीय लाहुरे कर्णबहादुर थापा र नन्दकुमारी थापाका छोरा बादल इन्जिनियर पढ्न तात्कालीन सोभियत युनियन गएका थिए । नेपालबाट आइएस्सीएजी गरेर रूस गएका थिए बादल । तर, नेपालमा जनवादी क्रान्ति सपना उनेर बीचमै अध्ययन छाडेर नेपाल आए । ०३७ देखि राजनीतिमा लागेका बादलले ०६३ सम्म भूमिगत राजनीतिक जीवन बिताए ।

प्रचण्ड ०४१ मा पाँचौँ महाविधेशनबाट केन्द्रीय सदस्य भएका थिए भने बादल मसालमा विभाजन आएपछि ०४२ मा । ०३८ को चुनाव बहिस्कारका ताका प्रचण्ड–बादलसँगै खटेका थिए । उनीहरूबीच रामपुर क्याम्पसमा त लगातार भेट भइरह्यो । प्रचण्डको परिवार ०१९ मै चितवन झरेका थिए भने बादलका बाबु कर्णबहादुर ०२८ मा चितवन बसाइँ सरेका थिए । कास्की र गुल्मीबाट चितवन झरेका मुक्तिराम र कर्णबहादुरबीच चिनजान नभएपछि उनका छोराहरुको दोस्ती निकै जमेको थियो । दोस्रो वार्ताकालमा वार्ताटोलीको सदस्यका रूपमा उनी सार्वजनिक भए । त्यसवेला बादल नै सबैभन्दा आकर्षणका केन्द्र बने ।

जनयुद्धकालमा भारतमा भएको एउटा बैठकमा प्रचण्ड–बादलबीच रोचक कुराकानी पनि भए । बादलले प्रचण्डलाई भनेका रहेछन् ‘तपाईं हामीसँगै बस्यौँ, सँगै खेल्यौँ तर अहिले विगत भुल्नुभयो ।’ प्रत्तिउत्तरमा प्रचण्डले भनेछन्, ‘तपाई २०र२२ वर्षअगाडिको कुरा गर्दैहुनुहुन्छ । अहिले म पार्टी अध्यक्ष छु र तपाईं केन्द्रीय सदस्य हुनुहुन्छ । विगतका कुरा नगर्नुस्, अहिलेका कुरा गर्नुस्, कमरेड ।’ यो सनेर बादल फेरि झस्के । तर, पनि सम्बन्ध अगाडि बढीरह्यो ।

शान्ति प्रक्रियापछि प्रचण्ड–बादलसँगै रहे । संविधानसभामा दुवैले उम्मेदवारी दिए । माओवादी बहुपदमा गएपछि प्रचण्ड अध्यक्ष र बादल महासचिव भए ०६५ मा । त्यतिवेला पनि उनीहरूबीच आपसी सल्लाह, सहयोग र विश्वास भइरह्यो । संविधानसभा–१ को चुनावपछि प्रचण्ड प्रधानमन्त्री र बादल रक्षामन्त्री बने । पार्टीमा अध्यक्षजस्तै सरकारमा पनि प्रधानमन्त्रीका रूपमा प्रचण्डसँग रक्षा मन्त्री भएर काम गरे बादलले । त्यहाँ कुनै समस्या भएन । बरु तत्कालीन सेनापतिलाई कारबाही गनै विषयमा दुवैबीच एकमत थियो । त्यही प्रकरणमा प्रचण्ड सरकारबाट बाहिरिए ।

‘बाहुन’ प्रचण्ड आफूभन्दा बढी बाठो छन् भन्ने कुरा ‘मगर’ बादलले नबुझेका पनि होइनन् । तब त उनले कुनै वेला भनेका थिए ‘सत्ताको महत्त्व बुझ्ने, नेतृत्वको महत्त्व बुझ्ने कुरामा कमरेड, तपाईं मभन्दा अगाडि हुनुहुन्छ, इतिहासले पुष्टि गरेको कुरा त्यही हो । तर, त्यसको महत्त्वलाई अति जोड दिँदा त्यो सर्वसत्तावादमा जान्छ, नोकरशाहीमा जान्छ र कमरेड, त्यो कम्युनिस्ट सम्बन्ध हुनसक्दैन ।’

शान्तिप्रक्रियापछिका बालाजु बैठक, खरिपाटी भेला होस् वा अरू केन्द्रीय समिति बैठकमा माओवादीभित्र देखा परेका आएका विवादमा बादल मध्यमार्गी रूपमा देखा पर्थे । बादलसँग सहकार्य गरेका माओवादी नेताहरूको भनाइमा पार्टीलाई फुटबाट जोगाउन र विवादलाई ‘सेफ ल्यान्डिङ’ गराउन बादलले त्यस्तो भूमिका खेलेका हुन् । वैद्य वा बाबुरामको आक्रमण हुँदा बादल मध्यमार्गी भूमिकामा देखा पर्दा प्रचण्डले राहत महसुस गर्थे । सकेसम्म बादललाई निश्चित दूरिमा राख्ने र चिढाउन हुँदैन भन्ने प्रचण्डको योजना हुन्थ्यो । तर, जब मधेसी दलसँग प्रचण्ड–बाबुरामले मध्यरातमा चारबुँदे सहमति गरेर सेना समयोजनमा लचकताको नीति अंगिकार गरे त्यो नै सम्बन्ध दरार पैदा गर्ने माध्यम बन्यो । त्यहाँबाट सुरु भएको झगडा पार्टी फुटसम्मको अवस्थामा पुग्यो ।

राजनीतिमा लामो समय बिताए पनि बादलले ०६८ तिर महसुस गरे की ‘मसँग कुनै गुट छैन, मेरा पछाडि कोही छैनन् ।’ प्रचण्डसँग टक्कर दिन सानो शक्तिले हुँदैन भन्ने बुझेपछि बादलले एउटा गुटको नेता बन्ने निष्कर्ष निकाले । तर, परिस्थिति यस्तो बनिदियो बलियो गुट बनाउन नपाउँदै पार्टी विभाजनको अबस्था आयो । नारायणकाजीलाई काखी च्यापेर हिँड्ने प्रचण्डको कार्यशैली बादललाई मन परेको थिएन । गम्भीर कारबाहीपछि पनि बादललाई यहाँसम्म ल्याएको मैलै नै हो भन्ने प्रचण्डको बुझाई पनि अटुट नै छ ।

‘बाहुन’ प्रचण्ड आफूभन्दा बढी बाठो छन् भन्ने कुरा ‘मगर’ बादलले नबुझेका पनि होइनन् । तब त उनले कुनै वेला भनेका थिए ‘सत्ताको महत्त्व बुझ्ने, नेतृत्वको महत्त्व बुझ्ने कुरामा कमरेड, तपाईं मभन्दा अगाडि हुनुहुन्छ, इतिहासले पुष्टि गरेको कुरा त्यही हो । तर, त्यसको महत्त्वलाई अति जोड दिँदा त्यो सर्वसत्तावादमा जान्छ, नोकरशाहीमा जान्छ र कमरेड, त्यो कम्युनिस्ट सम्बन्ध हुनसक्दैन ।’

०६३ मा एउटा अन्तर्वार्तामा बादलले प्रचण्डका गुणवारे भनेका छन्, ‘विज्ञान र कलाको संयोजन अरु व्यक्तिमा भन्दा उहाँमा सर्वोत्तम देखिन्छ । कलात्मक भएर मात्र पुग्दैन, त्यसलाई ठीक ढंगले क्रान्तितिर लैजानुपर्‍यो । त्यसैले यहाँनेर विज्ञान र कलाको संयोजन हुनु जरुरी हुन्छ । मलाई लागे अनुसार उहाँ यस कुरामा अग्रणी हुनुहुन्छ ।’ त्यसबेला नै बादलमाथिको कारवाहीवारे प्रचण्डले भनेका थिए, ‘उहाँ मेरो असाध्यै घनिष्ठ मित्र हो । बच्चादेखिको साथी हो । हाम्रो विचार नमिलेको पनि थिएन, अरु पनि मिलेको थियो । बादलजी मेरो नजिकको साथी भएको नाताले मैले गल्ती लुकाए भने त म आफैलाई वेठीक देख्छु । त्यसपछि म भित्र आत्मविश्वास हराउन थाल्छ । त्यस्तो भएको भए मैले क्रान्तिलाई गर्न सक्दिनथे होला । त्यसैले म भित्रै संघर्ष भयो र कारवाही गर्नुपर्ने अबस्था आयो ।’

Loading...
Related Posts
Don't miss it
Editors choice