• शनिबार ०८, बैशाख २०७५

बिद्या र झलनाथलाई मापदण्डले रोक्यो : यसरी बन्ने भए सुबास नेम्वाङ राष्ट्रपति !

काठमाडौं । नेकपा एमालेमा राष्ट्रपति कसलाई बनाउने भन्नेमा सहमति हुन सकेको छैन । माओवादीसँगको पद बाँडफाँटमा राष्ट्रपति एमालेको भागमा परेको छ । तर कसलाई बनाउने भन्नेमा सहमति हुन नसकेको हो ।
एमाले अध्यक्ष केपी ओली पक्षले हालकै राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोहोर्याउनुपर्नेमा जोड दिएको छ भने पूर्व अध्यक्ष झलनाथ खनाल आफैँ राष्ट्रपति बन्न चाहेका छन् ।अर्का पूर्व अध्यक्ष माधवकुमार नेपालले पनि  खनाललाई बनाउन पाए हुन्थ्यो भन्ने आशय व्यक्त गरेको छ ।

भण्डारी र बिद्या दुबैले राष्ट्रपतिको अडान नछोड्दा पूर्वसभामुख सुवास नेम्वाङ राष्ट्रपति बन्ने सम्भावना बढेको स्रोतले बताएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको पुनः दोहोरिने इच्छा र एमालेका वरिष्ठ नेता झलनाथ खनालको तीव्र चाहना विपरीत नेम्वाङको राष्ट्रपतिमा सम्भावना बढेको स्रोत बताउँछ ।
सभामुख बन्नुअघि पनि नेम्वाङको राष्ट्रपतिमा नाम आएकै थियो । तर समय र परिस्थितिले विद्या राष्ट्रपति भइन् ।

विद्यादेवीको दोहोरिने इच्छा र झलनाथ खनालको पनि जिम्मेवारी आएपछि हट्दिन भन्ने लबिङका बीचमा आएका नेम्वाङले आफ्नो भनसुन तीव्र पारेका छन् । यद्यपी नेम्वाङले आफू राष्ट्रपति या मन्त्री नहुने र अझै १०,१२ वर्ष सक्रिय राजनीति गर्ने उमेर रहेकाले तत्काल कुनै सरकारी पदमा जाने लालसा नरहेको बताउदै आएका छन् ।

Loading...
Related Posts
Don't miss it
Editors choice